समाजमा सकारात्मक सोचको थालनी गर्न पाठक,दर्शक र स्रोताहरुमाझ आशा,उत्साह जगाउन सकारात्मक खबर र विचारको प्रवाह गर्नु जरुरी छ । त्यसैले समताखबर डटकमलाई हामी आम पाठकको मर्न लागेको बिचारलाई बौ¥याउन अक्सिजनको रुपमा सकारात्मक समाचारको पर्याय बनाउन चाहन्छौँ । बिहान बिउँझने बित्तिकै अब दुःखको होइन सुखको समाचारसँगै ईन्टरनेटको माध्ययमबाट हामी पलपलको साथी बनेर तपाईहरुलाई बिउँझाउन आएका छौ ।
सम्पादकीय नीति २०७४
(१) समाजमा भइरहेका सकारात्मक कामको पहिचान गरि समाजमा आशाको सञ्चार गराउनु हाम्रो मूल मान्यता हुनेछ ।
(२) हरेक खबर र विचार समाजमा आशा जगाउने उद्देश्यले प्रवाह गरिनेछ ।
(३) पत्रकारिताको पेशागत निष्ठा,सम्पादकीय स्वतन्त्रता,खबर सामाग्रीको तटस्थता, विश्वसनीयता, वस्तुनिष्ठता र शुद्धतालाई शिरोधार्य गर्नु हाम्रो कर्तव्य हुनेछ ।
(४) सरकारी तथा गैरसरकारी संस्थाहरुसंग सहकार्य गर्न सकिने छ । प्रायोजित रुपमा सफलताका कथा,परिवर्तनका कथाहरु प्रकाशन तथा प्रशारण गरिने छ ।
(५) कुनै पनि खबर वा सामग्री अन्य स्रोतहरूबाट लिएर प्रकाशन तथा प्रशारण गर्दा स्रोतलाई अनिवार्य उदृत गरिनेछ र अनुवाद गरिएका सामग्री प्रयोग गर्दा मूल लेखक र मूल भाषा अनिवार्य रुपले उल्लेख गरिनेछ भने अनुवादकको परिचय आवश्यकता हेरी खुलाइने छ ।
(६) पत्रकारिता आचारसंहिता २०७३ को पूर्ण रुपले पालना गरिनेछ ।
(७) यो सम्पादकीय नीतिलाई समयानुकूल परिमार्जन गर्दै अझ सशक्त र गतिशील बनाउँदै लगिनेछ ।
(८) यसमा उल्लेख भएका सबै बुँदाहरूलाई मार्गनिर्देशक सिद्धान्त मानेर उच्च गर्वका साथ आत्मसात गरिनेछ ।
हाम्रा मूल्य र मान्यताहरू
(क) भुँईतहको खबर सम्प्रेषण गर्न हामी रचनात्मक विचारको संवाहक बन्ने छौ ।
(ख) पाठक, दर्शक र स्रोतालाई निराश, हतास र उत्तेजित बनाउने गरी हामी कहिल्यै खबर वा विचार प्रवाह गर्नेछैनौ ।
(ग) हामी नेपालको संविधान ०७२ को अधिनमा रही क्रियाशिल छौं । अनलाइन प्रकाशनका लागि आवश्यक कानूनी प्रक्रिया पुरा गरेका छौं ।
(घ) ‘सामाजिक बिभेदमा परेका समुदायको पक्षधरताको रुपमा जातिय र लैंगिक बिभेदमा परेकाहरुको समस्यालाई खबर र विचार सामाग्री मार्फत पैरबी गर्नु’ हाम्रो पहिलो प्रयास हुनेछ ।
(ङ) समताखबर सामाजिक बिभेदमा परेका समुदायको पक्षमा बहस, सकारात्मक विचार विमर्श, विश्लेषण गर्ने खुला थलो हो ।
(च) समताखबरमा प्रकाशित प्रशारित निजी विचारको जवाफदेहिता सम्बन्धित व्यक्तिलेनै हुनु पर्नेछ । सम्पादकीय बाहेकका विचार निजी हुनेछन् ।
(छ) हामी आफ्नो अनुभव र दक्षता “न्याय र समानताका पक्षमा उपयोग गर्न चाहन्छौँ ।