दशैँ राम्रो लाहुरे घर आउनाले गीत सार्वजनिक

समतापोष्ट
  ३० भाद्र २०७४, शुक्रबार ०५:४०

काठमाडौँ । नेपालीको महान् पर्व दशै सम्बन्धी दशैँ राम्रो लाहुरे घर आउनाले लोकदोहोरी गीत सार्वजनिक भएको छ । 

गीतमा गायक माधव थापा, गायिकाहरु चिनु घर्ती र तारा थापाले स्वर दिएका छन् । गीतलाई सुनाखरी मल्टि मिडिया प्रालिले बजारमा ल्याएको हो । गीतमा लय र शब्द थापाकै रहेको छ ।

गीतको भिडियोमा रीना थापा, दीपक बस्नेत, विदुर चापागाईं र नमराज ढुंगानाको अभिनय रहेको छ । 
दशैँसम्बन्धी छोरा नामक अर्को लोक तथा दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । कर्ण रसाइलीको स्वरमा रहेको उक्त गीतमा गायक विरही कार्कीको शब्द र लय रहेको छ ।

गीतको म्युजिक भिडियोमा मोहन निरौला, विद्या कार्की, लिला गिरी, मोहनसिंह जिपी, विशाल कार्कीलगायतको अभिनय रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *