धनगढी। सफल गायक बन्ने सपना बुनेर अछामबाट धनगढी हानिएका समिर परियार `सुदूरपश्चिम सिङ्गिङ स्टार´ को फाइनलिस्ट बनेका छन् ।
समिर २५१ जनालाई उछिन्दै सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा विगत चार महिनादेखी चलिरहेको चर्चित गायन ‘रियालिटि शो’ `सुदूरपश्चिम सिङ्गिङ स्टार´ को फाइनलिस्ट बनेका हुन् । ‘रियालिटि शो’ गत असोज १२ गतेदेखी चलिरहेको छ ।
`ड्रिम्स इन्टरटेनमेन्ट प्रिजेन्ट´ ले आयोजना गरेको सिङ्गिङ एन्ड डान्सिङ स्टार को प्रतियोगिताको गायन तर्फ अछाम लुङ्ग्राका समीरले सेमिफाइनल पार गर्दै फाइनल राउन्डमा पुगेका हुन् ।
फाइनल राउन्डमा भोटिङ गरेर आफूलाई विजयी गराइदिन उनले सबैसँग आग्रह गरेका छन् ।
भर्सटायल आवाज भएका समीर अछामको लुङ्ग्रामा जन्मिएका पछिल्लो युवा पुस्ताका चर्चित गायक हुन् । उनी विगत केही बर्षदेखी धनगढीमा सांगितिक क्षेत्रमा संघर्ष गरिरहेका छ् । धनगढीमा विभिन्न दोहोरी साझहरुमा लाईभ म्यूजिक गायनमा समेत उनको अनुभव रहेको छ ।
उनले आफूलाई भाेटिङ् गर्न सबै गीत सङ्गीत प्रेमी लगायत सम्पूर्णलाई विनम्रताका साथ अनुरोध गरेका छन् ।
Voting Code: 511
voteforshamirpariyar
नोट: भोट गर्दा Ramarks मा SSDS TYPE गरी 511लेख्नु होला।