काँकडभिट्टा । धुलाबारी माविले ११ करोडको लागतमा निर्मित तीन भवनको सोमबार एकै पटक उद्घाटन गरेको छ ।
करिब २६ लाख ३६ हजारको लागतमा निर्माण भएको पशु विज्ञान विषयअन्तर्गतको प्रयोगशाला, ६५ लाख ६९ हजारको लागतमा निर्माण भएको छकोठे भवन र १७ लाख ७६ हजारको लागतमा निर्माण भएको सभाकक्षको उद्घाटन गरेको हो ।
प्रयोगशाला निर्माणका लागि संसदीय क्षेत्र विकास कोषबाट १० लाख, छकोठे भवन निर्माणका लागि सरकारबाट ४८ लाख अनुदान र सभाहल निर्माणका लागि सरकारबाट १६ लाख सहयोग प्राप्त भएको र नपुग विद्यालयले आफ्नो कोषबाट थप गरेको हो ।
ती भवन सांसद नरेन्द्रविक्रम नेम्वाङ, मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य र जिल्ला शिक्षा अधिकारी योगेन्द्र बरालले उद्घाटन गरे ।
विद्यालयका प्रअ रुद्र कुरुङ्वाङले आवश्यक भौतिक पूर्वाधार जुटाउन तथा व्यावसायिक र व्यावहारिक शिक्षा प्रदान गर्न विद्यालय सधैँ लागिपरेको बताए ।
Leave a Reply