पूर्वकै ठूलो सौन्दर्य प्रतियोगिता नेपालआइस नेचुरा मिस पूर्वाञ्चल २०१७ को प्रिजजिंग सम्पन्न भएको छ । धरानको ब्रिक्स क्याफेमा भएको कार्यक्रममा १९ जना प्रतियोगीमध्ये प्रिजजिङबाट १४ जना छानिने सिल्भर इन्टरटेण्टमेण्टका निर्देशक सौरभ श्रेष्ठले जानकारी दिए ।
निर्णायकहरुको अन्तर्वार्ता, वाककला, प्रश्नोत्तर, व्यक्तित्व आदिबाट फाइनल चरणको टप १४ छनौट जना छनौट गरिने बताईएको छ । पुर्वान्चलका तथा काठमाडौं र सिक्किमबाट आउनुहुने लब्धप्रतिष्ठित व्यक्तित्वहरुले आगामी असोज ६ गते शुक्रबार धरान सभागृहमा आयोजना हुने फाइनल कार्यकर्मबाट मिस पुर्वान्चल २०१७ छनोट गर्नेछ । फिनालेको लागि भव्य तयारी भइरहेको श्रेष्ठले जानकारी दिए ।
सोमबार एनआइसी एशिया बैंक मिस फ्रेण्डसिप र युरेका मिस चार्मिङ र हेल्दी होम मिस हेल्दीको लागि पनि जजमेण्ट सम्पन्न भएको उनले बताए । त्यस्तै, सोमबार यामाहाको धरान शाखास्थित गजुरमुखी ट्रेड एण्ड सर्भिस लिंकको सहयोगमा यामाहा रे स्कुटी ¥याली आयोजना गरिएको छ । मिस पूर्वाञ्चलका प्रतियोगीहरु स्कुटीमा धरान बजारको परिक्रमा गरेका थिए । भोटेपुल, पिण्डेश्वर चौक ,भानुचोक, जिरोप्वाइण्ट, रंगशाला,ै बीपी प्रतिष्ठान हुँदै भोटेपुल सम्म ¥याली आयोजना भएको थियो
Leave a Reply