बिप्लब निकट नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य एवं सात नं.प्रदेश ईन्चार्ज सरदसिंह भण्डारी सहितको टिम ने.क.पा. (माओवादि केन्द्र) मा समाहित भएको छ । शनिबार (माओबादी केन्द्र) का अध्यक्ष प्रचण्डको हातबाट टिका ग्रहण गर्दै नेता भण्डारी (माओबादी केन्द्र) मा समाहित भएका हुन ।
हाल ने.क.पा. को सुदूरपश्चिम कमाण्ड इन्चार्ज समेत रहनुभएका नेता भण्डारी २०६४ को संविधान सभा निर्वाचनमा अछाम क्षेत्र नम्बर २ बाट निर्बाचित भएका थिए ।
नेता भण्डारी जनयुद्धकालमा सुदूरपश्चिमका प्रभाबशाली नेताका रुपमा परिचित थिए । भण्डारीको माओबादी केन्द्रमा पुनः आगमन भए संगै अछामका माओबादी नेता कार्यकर्तामा खुशी छाएको छ । नेता भण्डारी लगायत सुदूरपश्चिमका दर्जनौं नेता कार्यकर्ता माओबादी केन्द्रमा समाहित भएको माओबादी केन्द्रका जिल्ला संयोजक झपट साउँदले जानकारी दिए । साउँदका अनुसार अछाम जिल्ला पार्टीको लामो कसरत पछि यो प्रक्रिया सम्भव भएको हो ।
प्रकाशित २१ असोज २०७४, शनिबार
Leave a Reply