प्रचण्डसँगको छलफलपछि गोपाल किरांतीले भने, “म पार्टी छोडदिन”

समतापोष्ट
  २४ आश्विन २०७४, मंगलवार ०९:१६

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ का इञ्चार्ज गोपाल किराँतीले वाम एकता प्रक्रियाबाट अलग नहुने बताएका छन् ।

एमालेसंग एकता गर्ने पार्टिको निर्णयप्रति असहमति राखेर सार्वजनिक बिरोध गर्दै आएका किरांतिले पार्टी अध्यक्ष प्रचण्डसँग दुई तीन चरणमा छलफलपछि पार्टीभित्र नै संघर्ष गर्ने तर अलग पार्टी नबनाऊने बताएका हुन । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो बसेको सचिवालयको अनौपचारिक बैठकमा इञ्चार्ज किरातीले आफूले उठाउँदै आएको पहिचान र समावेशिताको विषयमा पार्टी प्रतिबद्ध रहेको र त्यसबाट तलमाथि हुँदैन भन्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिबद्धता जनाएको उल्लेख गरे ।

नेकपा (एमाले), माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच पार्टी एकताको निर्णय भएपछि पहिचान र समावेशिता तथा समानुपातिकता विषय पार्टीले छाडेको भन्दै किराँती असन्तुष्ट बन्दै आएका थिए । उनले माओवाद र पहिचानका विषयमा पार्टी प्रतिबद्ध रहेकाले पार्टी छाड्ने भन्ने कुरा नै नभएको उल्लेख गरेको छ । सचिवालयको बैठकमा निर्वाचन क्षेत्र बाँडफाँटलगायत विषयमा समेत छलफल भएको र कार्यदलले तयार पारेको प्रतिवेदनलाई एकसरो अध्ययन गरेर अन्तिम रुप दिइने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *