चितवनमा बामगठबन्धनको मत कांग्रेस–राप्रपाको भन्दा ८ हजार बढी,प्रचण्डको जित निश्चित

समतापोष्ट
  ८ कार्तिक २०७४, बुधबार ०५:५८

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट माओवादी अध्यक्ष प्रचण्डले उम्मेदवारी दिने भएपछि देशभर चर्चाको बिषय बनेको छ । गत स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा वाम छ ।
यस क्षेत्रमा पर्ने भरतपुर महानगरपालिकाको मेयर र उपमेयरका लागि कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए । भरतपुर महागनरका १९ वडाका वडाध्यक्षमा दुवै पार्टी प्रतिस्पर्धी थिए । ती वडाका अध्यक्षका उम्मेदवार र माडी नगरपालिकाका वडाध्यक्ष उम्मेदवारको मत विश्लेषण गर्दा वाम गठबन्धन अगाडि देखिएको हो ।

माडी क्षेत्रबाट दोस्रो संविधानसभामा विजयी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डे कांग्रेससँग मिलेर प्रचण्डविरुद्ध निर्वाचन लड्दैछन् । कांग्रेसले साथ दिने भएपछि उनलाई पनि बलियो उम्मेदवार मानिएको छ ।

वाम गठबन्धनको मत
क्षेत्र नम्बर ३ मा पर्ने भरतपुरका १९ वटा वडामा एमालेले कुल २१ हजार पाँच सय ३९ मत पाएको छ । त्यस्तै, माडी नगरपालिकामा चार हजार दुई सय ३८ मत ल्याएको छ । यस क्षेत्रमा एमालेको कुल मत २५ हजार सात सय ७७ छ ।

त्यस्तै, भरतपुरमा माओवादीका वडाध्यक्ष उम्मेदवारले १४ हजार तीन सय ६४ र माडी नगरपालिकामा तीन जहार सात सय ६६ मत पाए । उसको जम्मा मत १८ हजार एक सय ३० छ । यस क्षेत्रमा वाम गठबन्धनले पाएको जम्मा मत ४३ हजार नौ सय सात छ ।

लोकतान्त्रिक गठबन्धनको मत
क्षेत्र नम्बर ३ मा पर्ने भरतपुरका १९ वटा वडामा नेपाली कांग्रेसका वडाध्यक्षहरूले प्राप्त गरेको कुल मत २३ हजार चार सय ८७ छ । माडी नगरपालिकामा कांग्रेसको वडाध्यक्षले तीन हजार चार सय ३६ मत प्राप्त गरेका छन् । दुवै गरी कांग्रेसको कुल मत २६ हजार नौ सय २३ छ।

लोकतान्त्रिक गठबन्धनकै राप्रपाका वडाध्यक्षले भरतपुर महानगरका १९ वटा वडामा पाँच हजार दुई सय ३८ छ । माडीमा राप्रपाका वडाध्यक्षले कुल तीन हजार एक सय १४ मत ल्याएका छन् । राप्रपाको कुल मत आठ हजार तीन सय ५२ छ । कांग्रेस र राप्रपाको कुल मत ३५ हजार दुई सय ७५ छ । यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धनको भन्दा वाम गठबन्धनले आठ हजार ६ सय ३२ मत बढी पाएको छ ।

क्षेत्र नम्बर ३ मा भरतपुर महानगरपालिका र माडी नगरपालिकाका २८ वटा वडा छन् । जसमा एमालेका १२ वडाध्यक्ष विजयी भएका छन् । माओवादीले ६ वटा वडा जितेको छ । त्यस्तै, कांग्रेसको १० वटा वडा जित्दा राप्रपाले कुनैमा पनि जित हासिल गर्न सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *