डोटीमा दुई मतदान केन्द्र थप

समतापोष्ट
  ८ कार्तिक २०७४, बुधबार १०:२७

तस्बिर : गुगलबाट
आगामी मंसिर २१ गते हुने प्रतिनिधी प्रदेशसभाको निर्वाचनका लागी डोटी जिल्लामा दुई ओटा निर्वाचन मतदान केन्द्र थप भएका छन् । भर्खरै सम्पन्न स्थानिय तहको निर्वाचनको भन्दा मतदाताको संख्या बृद्धि भएका कारण मतदान केन्द्र थप भएका छन् ।

जिल्लाको केआईसिंह गाउँपालिका ४ दुर्गामाण्डौं केन्द्रको वायलमा एक मतदान केन्द्र थप भएको छ भने सायल गाउँपालिकाको कालिका मा.बि.पनि मतदान केन्द्र थप भएको जिल्ला निर्वाचन कार्यालय डोटीका नायब सुब्बा दलबहादुर मलासीले जानकारी दिए ।

एक सय ५५ मतदान केन्द्र रहेको डोटीमा दुई ओटा मतदान केन्द्र थपिएसंगै एक सय ५७ मतदान केन्द्र भएका छन् । डोटी जिल्लामा एक सय १५ मतदान स्थल रहेका छन् । मतदान स्थलमा मतदाताको चापका आधारमा एक देखी तीन वटा मतदान केन्द्रसम्म रहेको जिल्ला निर्वाचन कार्यालय डोटीले जनाएको छ ।

प्रकाशित ८ कार्तिक २०७४, बुधबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *