लम्किमा दलित अगुवा भेला सम्पन्न

समतापोष्ट
  १३ कार्तिक २०७४, सोमबार १०:५०

मान्छेले सम्मानपूर्वक बाँच्न पाउनुनै मानव अधिकार हो,मानव अधिकारको सम्मान गरौ,सभ्य समाजको निर्माण गरौ भन्ने मुल नाराका साथ आयोजना गरिएको दलित अगुवा भेला आईतबार दिउसो सम्पन्न भएको छ । लम्कीचुहा नगरपालिका ५ चैनपुरमा दलित एकता समाज लम्किले भेला आयोजना गरेको हो ।

दलित एकता समाजका अध्यक्ष नविन बरविरेको अध्यक्षतामा संचालित कार्यक्रमका प्रमुख अतिथी गरिबी निवारण कोषका पूर्व सदस्य एवं लेखक बसन्त बागचन्द रहनु भएको थियो । दलित तथा मानव अधिकार सम्बन्धि काम गर्ने गैरसरकारी संस्थाहरु हजारौंको संख्यामा रहेको र दलितका नाममा बर्षेनी करोडौ रकम असुल्ने माध्यम मात्र बनाएको प्रमुख अतिथि बागचन्दले आरोप लगाए ।

विश्वका धेरै देशहरु परिवर्तन भैसकेका छन,तर नेपाल अहिले पनि समाज विकासको नाममा कछुवा गतिमा अगाढी बढिरहेको उनले बताए । देश छुवाछुत मुक्त राष्ट्र भईसक्दा पनि स्वतन्त्र भएर बाच्न पाउने अधिकार बाहुनहरुको मात्र हो ? प्रश्न गर्दै उहाँले भन्नु भयो,बर्षेनी हजारौ दलितहरुले अपहेलना खेपिरहनु परेको छ ।

दलित समुदायको मुक्तिका लागी अब बाहुन समुदायले पनि अग्रपक्तिमा उभिएर सहयोग गर्नुपर्ने बागचन्दले औल्याए ।
नयाँ नेपाल बनाउन समाज परिवर्तनका लागी सबै युवाहरुले एकजुट भई लाग्नुपर्नेमा उनले जोड दिए । त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथिहरुमा दलित अगुवा गोपाल सिं बि.क.,खन्टे खत्री,प्रबल रोकाया रहेका थिए ।

कार्यक्रममा प्रवल रोकाया, जमान सिं देउवा, सरिता भुल, भिमा चौधरी,बल बहादुर रावत, रन सिं बि.क., सुरज सुनार, खन्टे खत्री, गौरीकान्त खत्री, कटक सुनार, विष्णा कुमारी बि.क., लालचन्द्र बि.क., रहेका थिए । रेडियो पश्चिम आवाजका स्टेशन म्यानेजर देवानन्द,महिला जागरण केन्द्र नेपालका अध्यक्ष विष्णा बि.क., दलित अगुवा लालचन्द्र बि.क.लाई सम्मान गरिएको थियो ।

कार्यक्रममा दलित एकता समाजले खरिद गरेका एक लाख बराबरको सामानको उद्घघाटन गरिएको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले दलित एकता समाजले गरेको कामको प्रशंसा गरेका थिए ।

प्रकाशित १३ कार्तिक २०७४, सोमबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *