जुम्लाका एक सय १० जना ज्येष्ठ नागरिकलाई कोरियाली कम्बल वितरण गरिएको छ । चन्दननाथ नगरपालिकाका एक सय र नगरपालिका बाहिरका १० ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको हो ।
नगरपालिका, जिल्ला समन्वय समिति (जिसस) र महिला तथा बालबालिकाका कार्यालयको सहयोगमा कम्बल वितरण गरिएको ज्येष्ठ नागरिक संघ जुम्लाका अध्यक्ष तीर्थराज भारतीले जानकारी दिए । जिससका प्रमुख लालबहादुर सार्की र नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले संयुक्त रुपमा ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेका हुन ।
प्रकाशित १४ कार्तिक २०७४, मंगलबार
Leave a Reply