मुटु शरीरको महत्वपूर्ण र संवेदनशील अंग हो । मुटुबाट नै शरीरभरी रक्तसञ्चार हुने गर्छ । मुटुले श्वासप्रश्वास प्रक्रियामा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यसैले पनि मुटु स्वस्थ रहन अत्यावश्यक छ । मुटुमा देखिने समस्याको कारण प्रायः वयस्क मानिसमा हृदयघातको सम्भावना बढी हुन्छ । मुटुलाई स्वस्थ राखी हृदयघात लगायतका समस्याबाट जोगिन वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुनिलचन्द्र झाको सुझाब यस्तो छ :-
मुटु स्वस्थ भए मात्रै सिंगो शरीर स्वस्थ रहन्छ । अस्वस्थ मुटु हरेक रोगको मुख्य कारण हो । मुटुमा समस्या आए जुनसुकै उमेर समूहका मानिसको तुरुन्तै मृत्यु हुन सक्छ । यसर्थ मुटुको बारेमा कहिले पनि लापर्वाही गर्नु हुँदैन । सामान्यतया एउटा वयस्क मानिसको मुटुको तौल ९ देखि ११ औन्ससम्म हुन्छ । मुटुले एक घण्टामा ३ हजार पौण्ड बराबरको शक्ति उठाउन सक्ने शक्ति पैदा गर्ने विभिन्न अनुसन्धानले देखाएको छ । यसकारण पनि मुटु शरीरको निकै बलियो अंग हो । शरीरको निकै बलियो अंग भए पनि पछिल्लो समय विविध कारणले मुटुका बिरामी तिव्र रुपले बढ्दैछन् । विशेषगरी वयस्कमा देखिने मुटुको समस्याले हृदयघात लगायतका रोगले ज्यानै समेत जाने गरेको छ । हुनत मुटुमा कुनै पनि रोग लाग्यो भने ५० प्रतिशत भन्दा बढी संक्रमण फैलिसकेपछि मात्रै लक्षण देखिन थाल्छ ।
मुटुमा समस्या भए देखिने लक्षण :
मुटुमा कस्तो प्रकारको रोग लागेको छ सोही अनुसार लक्षण देखिन्छ । तर, थोरै हिडडुल गर्दा पनि गाह्रो हुने भए मुटुमा समस्या भएको बुझ्नु पर्छ । यसबाहेक निम्न समस्या देखिए मुटुमा समस्या हुनसक्छ ।
- मुटुको धड्कन बढ्ने ।
- श्वास प्रश्वासमा समस्या हुने ।
- छाती भारी हुने, देब्रे हात दुख्ने ।
- टाउको दुख्ने ।
मुटु स्वस्थ राख्ने उपाय :
- स्वस्थ खानपानमा ध्यान दिने ।
- धेरै चिल्लो, तारेको, मसलेदार, जंगफुड नखाने ।
- धुम्रपान नगर्ने । (धुम्रपान गर्ने व्यक्तिलाई हृदयघातको सम्भावना सामान्य व्यक्तिको तुलानामा दुई गुणा बढी हुन्छ ।)
- रक्तचाप नियन्त्रणमा राख्ने ।
- नियमति व्यायम गर्ने ।
- तनाब नलिने ।
- तौल नियन्त्रण गर्ने ।
- मुटुको समस्या बंशाणुगत पनि हुनसक्छ । यस्तो भए सजग रहने ।
- कोलेस्ट्रोल, मधुमेह नियन्त्रणमा राख्ने ।
- मुटुमा कुनै पनि समस्या नभए पनि कम्तीमा बर्षको एक पटक परीक्षण गराउने ।
भिडियो हेर्नुहोस्:
Leave a Reply