चर्चामा ‘लैबरी सिङगिङ स्टार’ नेपाल आइडल’भन्दा कम छैन

समतापोष्ट
  १४ मंसिर २०७४, बिहीबार ०६:२५

नेपाल आइडलको चर्चा र क्रेज कम हुन नपाउँदै अर्को नयाँ गायन रियालिटी शो ‘लैबरी सिङगिङ स्टार’को चर्चा सुरु हुन थालेको छ । सनसाइन प्रोडक्शन हाउसले आयोजना गरेको ‘लैबरी सिङगिङ स्टार’ को चार राउन्डको अडिसन सम्पन्न भइसकेको छ ।

स्कूलमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजना गरिएको यस गायन प्रतियोगीतालाई स्तरिय बनाउन कुनै कसुर बाँकी नराखेको आयोजक संस्थाकी अध्यक्ष प्रमिला तामाङले जानकारी दिइन् ।

पुष पहिलो साताबाट टेलिभिजनमा प्रशारण हुने तयारीमा रहेको यस प्रतियोगीतामा विभिन्न जिल्लाका बाल–बालिकाहरु सहभागी भएका छन् । गायिका समेत रहेकी तामाङले भनिन्, ‘बाल–बालिकाहरुमा लुकेर बसेका प्रतिभालाई बाहिर ल्याउन लैबरी सिङगिङ स्टार आयोजना गरेका हौं ।

‘नेपाल आइडल’लाई टक्कर दिनका लागि हामीले यो गायन प्रतियोगीता सुरु गरेका भने होइनौं । बाल–बालिकाका लागि नेपालमा खासै स्तरिय गायन रियालिटी शो आयोजना हुने नभएका कारण हामीले यो प्रयास थालेका हौं ।’

उनले ‘लैबरी सिङगिङ स्टार’ का लागि विदेशका च्यानलका सेटजस्तै नेपालमा पनि सेट बनाएको बताइन् । ८ जिल्लाबाट आएका विद्यार्थीहरुले अहिले काठमाडौंमा बसेर भोकल क्लाससँगै ‘लैबरी सिङगिङ स्टार’ को स्टेजमा आफ्नो प्रतिभा प्रस्तुत गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *