एकताका विषयमा कुनै शंका नगर्न आग्रहः दाहाल

समतापोष्ट
  २५ मंसिर २०७४, सोमबार ०७:४३

पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनताले वाम गठबन्धनलाई चुनौतीसहितको अभिभारा दिएको बताएका छन् ।

पत्रकारसँग कुरा गर्दै दाहालले जनताले अब समृद्धि र विकास चाहेकाले अहिलेको चुनौती र अभिभारा पूरा गर्न वाम गठबन्धनको सरकारले पाँच वर्षमा धेरै काम गर्नुपर्ने बताए ।

देश समृद्धितर्फ अघि बढेकाले सरकारले पाँच वर्षमा राम्रा काम गर्न सके ५० वर्ष देशमा वामपन्थीले शासन चलाउने दाहालको भनाइ छ । उनले देशको भौतिक विकास र जनताको जीवनस्तरमा विकास अहिलेको मुख्य काम रहेको बताए ।

सरकार गठन अघि नै नेकपा (एमाले) र (माओवादी केन्द्र) बीच पार्टी एकताको पहल हुने दाहालले बताए । आफू काठमाडाँै फर्किए लगत्तै पार्टी एकता समन्वय समितिको बैठक राखी यसलाई टुङग््याउने बताएका छन् ।

उनले भने,“पार्टी एकताका विषयमा कुनै आशंका नराख्नुस् यो आशंका इतिहास बन्छ ।” अब देशको भावी प्रधानमन्त्री र पार्टी अध्यक्ष को बन्ने भन्ने विषयमा छलफलबाट टुंगो लाग्ने उनको भनाइ छ ।

ठूलो पार्टीको हिसाबले केपी ओलीको दाबी हुनु स्वभाविक रहेको बताउँदै पार्टीका शीर्ष नेता हार्नुका कारण खोजिने र मिलाएर लैजाने उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *