उम्मेदवारी पाएका महिला जसले प्रत्यक्षमा जिते

समतापोष्ट
  २५ मंसिर २०७४, सोमबार १०:४०

निर्वाचनमा प्रमुख राजनीतिक दलले उम्मेदवार बनाउन कन्जुस्याईं गरे पनि अधिकांश महिलाले प्रत्यक्षमा जित हासिल गरेका छन् ।

नेपालको संविधानले महिलालाई न्यूनतम ३३ प्रतिशत स्थान सुरक्षित गर्नु पर्ने संवैधानिक व्यवस्था गरे पनि दलहरु कार्यान्वयन गर्न कन्जुस्याई गरेका छन् ।

हालसम्म घोषित परिणाम अनुसार कमला रोका, पम्फा भुसाल, दुर्गा पौडेल, पवित्रा निरौला र बिना मगर निर्वाचित भएका छन्,सबै वाम गठबन्धनका साझा उम्मेदवार हुन् ।

दोस्रो चरणअन्तर्गत १२८ क्षेत्रमा हुने चुनावमा प्रमुख तीन दलबाट १५ जना महिलाले बिहीबार उम्मेदवारी मनोनयन दर्ता गराउँदै चुनावी मैदानमा उत्रिएका थिए ।

सुनसरी ३ बाट वामगठबन्धका उम्मेदवार भगवती अहिले पनि काँग्रेसका उम्मेदवार विजयकुमार गच्छदारसँग प्रतिस्पर्धामा रहेकी छिन् ।

हालसम्म २६,२१९ मत प्राप्त गरेकी चौधरी, गच्छदारले २५,६२० मत ल्याएका छन् । अझै २० हजार मत गन्न बाँकी रहेकाले भगवतिको विजय हुने सम्भावना भने बाँकी नै रहेको छ ।

प्रतिनिधि सभाको १६५ सिटका लागि प्रमुख तीन दलबाट पहिलो चरणमा तीन र दोस्रो चरणमा १५ गरी कुल १८ जना महिलाको उम्मेदवारी परेको थियो ।

सबैभन्दा बढी कांगे्रसबाट नौ जना र वाम गठबन्धन एमालेका पाँच र माओवादी केन्द्रका चार गरी नौ जनाको उम्मेदवारी परेको थियो ।

प्रत्यक्षतर्फ महिलाले टिकट कम पाएपछि अब सो संख्या समानुपातिकबाट क्षतिपूर्ति गर्नुपर्ने बाध्यता दललाई हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *