विभिन्न स्वास्थ्यबर्दक गुणहरुका कारण मेथीको साग अत्यन्त लाभदायक मानिन्छ । वारम्वार पिसाब लागिरहने समस्या छ भने मेथीको पातको रसले निकै फाइदा पुग्छ । दैनिक यसको सेवनबाट तपाइंको समस्या धेरैहदसम्म कम भएर जान्छ । धेरैजसो मानिसहरुलाई पेटसम्बन्धी समस्याले सताइरहेको हुन्छ । यसमा कब्जियत र ग्यास्ट्रिक प्रमुख छन् ।
मेथीको हरियो साग खाँदा तपाईंको पाचनतन्त्रले सुचारुरुपमा काम गर्नुका साथै कब्जियत वा ग्यास्ट्रिक जस्ता समस्याबाट छुट्कारा दिलाउँछ । मेथीको साग नियमित भोजनमा समावेश गर्नु औषधी खाए बराबर हुने आयुर्वेदले भन्छ । मेथीको दानाको चुर्ण बनाएर दिनुहुँ खाँदा तपाइको तौल नियन्त्रणमा रहन्छ, र बोसोको मात्रा बिस्तारै बिस्तारै कम हुन्छ मेथीको सेवनले जोर्नीको दुखाईबाट पनि मुक्ति दिन्छ ।
यसको बिउ होस वा पात, दुवैले जोर्नीको दुखाईलाई समानरुपले हल गर्छन् । मेथीलले रुघाबाट पनि बचाउँछ । यसलाई कुनै न कुनै रुपमा दैनिक रुपमा सेवन गर्दा रुँघाबाट जोगिन सकिन्छ । मेथीको पात तपाईंको कपालका लागि पनि अत्यधिक लाभप्रद हुन्छ । यसको पातलाई पिसेर कपालमा लगाउँदा कपाल कालो, बाक्लो र चमकदार हुन्छ । साथै कपाल झर्न पनि रोकिन्छ ।
Leave a Reply