पत्रकार महासंघ बैतडी शाखालाई ३ आना जग्गादान

समतापोष्ट
  ६ पुष २०७४, बिहीबार ०६:०२

नेपाल पत्रकार महासंघ, शाखा कार्यलय बैतडीलाई ३ लाख बराबरको जमिन प्राप्त भएको छ ।

दशरथचन्द नगरपालिका–५ का रामदत्त भट्टले ३ आना जमिन दान गरेको पत्रकार बडुले जानकारी दिए ।

बैतडी शाखा विसं २०५९ सालमा स्थापना भए पनि अहिलेसम्म भवन थिएन ।

दान गरेको जमिनमा केही दिनभित्र नै महासंघको भवन निर्माण कार्य थालिने छ । बडुले भने, १५ वर्षपछि अब महासंघको आफ्नै भवन हुने छ ।

भट्टलाई शाखाले धन्यवाद ज्ञापन गर्दै, सदरमुकाम नजिकै पल्लाचौडालीमा रहेको जग्गा बुधबार जिल्ला मालपोत कार्यालयमार्फत महासंघको नाममा नामसारी गरिरएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *