अंग्रेजी नयाँ वर्षमा चार तारे बिजनेश होटल संचालन हुने

समतापोष्ट
  ७ पुष २०७४, शुक्रबार ०८:४७

७ पुस, काठमाडौँ । सोल्टी होटलले पचास वर्षपछि नेपालगञ्जमा चार तारे बिजनेश होटल संचालनमा ल्याउने भएको छ ।

होटल निर्माण पूरा भएको सोल्टीका मार्केटिङ चिफ साम्बाविक्रम शाहले होटल अंग्रेजी नयाँ वर्षबाट संचालन हुने बताए ।

प्रत्यक्ष रुपमा ६० जना भन्दा बढीले रोजगारी पाएका र अप्रत्यक्ष रुपमा हजारौले रोजागारी पाउने शाहले बताए ।

उनका अनुसार होटल पूर्ण रुममा भने फागुनबाट मात्रै संचालनमा आउनेछ । होटलमा सोल्टी र एनई समूहको सिवक्रिम होटल्स एन्ड रिसोर्ट प्रालिको लगानी छ ।

पूर्व राजा ज्ञानेन्द्र परिवारको लगानी रहेको सोल्टी हस्पिटालिटी, सिबक्रिम ल्यान्ड एन्ड इण्डष्ट्रियलको ३० र सोल्टी इन्टरप्राइजेजको ४६ प्रतिशत शेयर छ ।

नेपालगञ्जको होटल क्राउन प्लाजा चेनको रुपमा रहने छैन । होटल सोल्टी ब्राण्डमा सञ्चालन हुनेछ । होटल सोल्टीको अहिले बजार पुँजीकरण २० अर्ब भन्दा बढी छ ।

८१ बेडरुमको चार तारे होटल दुई विघा क्षेत्रफलमा निर्माण गरिएको २० वटा स्वीट रुम, ५८ वटा डिलक्स बेडरुम, र ३० सीट क्षमताको बार छ ।

विवाह,ब्रतबन्ध,भोजका लागि ८ सय जना अटने ब्यांकेट हल समेत होटलभित्रै छ । तीन सय जना अट्ने कन्फ्रेन्स हल स्वदेशी तथा विदेशी संघसंस्थाको कार्यक्रमको लागि उपयुक्त हलको व्यवस्था गरिएको शाहले बताए ।

नेपालगञ्ज कैलाश मानसरोवर जाने प्रवेशद्धार हो त्यसैले विदेशी पर्यटकलाई लक्षित गर्दै नेपालगञ्जमा होटल सञ्चालन गरेको बताइएको छ ।

डिसेम्बर २० देखिनै बुकिङ खुला गरिएको छ । जनवरी १ मा बलिउडका चर्चित कलाकारको उपस्थितिमा भव्य कार्यक्रम गरि होटल आंशिक रुपमा सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *