स्वास्थ्यचौकी पुनः निर्माण गर्न सहयोग गर्ने

समतापोष्ट
  ९ पुष २०७४, आईतवार ०५:४०

गोरखामा दुईवटा ६ कोठाको स्वास्थ्यचौकी भवन पुनः निर्माण गरी युनिसेफले हस्तान्तरण गरेको छ ।

युनिसेफले गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तलाई तारानगर स्वास्थ्यचौकी र शहीद लखन गाउँपालिकाका प्रमुख रमेश थापामगरलाई बक्राङ स्वास्थ्यचौकीको साँचो हस्तान्तरण गरेका छन् ।

शनिबार आयोजित भवन हस्तान्तरण कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केदारराज पराजुलीले भूकम्पले भत्काएका ५५ स्वास्थ्यचौकी भवनमध्ये अधिकांश भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए ।

१२ वटा स्वास्थ्यचौकी भवन पुनःनिर्माण गर्ने प्रतिबद्धता जनाएअनुसार अहिलेसम्म ७ वटा निर्माण गरी हस्तान्तरण गरेको छ भने बाँकी भवन हस्तान्तरणको तयारीमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *