अाज ख्रीष्टमस दिवस, सार्वजनिक विदा

समतापोष्ट
  १० पुष २०७४, सोमबार ०४:३४

काठमाडौँ । अाज डिसेम्बर २५ अर्थात क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीष्टको जन्मजयन्ती । ख्रीष्टियन समुदायले विश्वभर विभिन्‍न कार्यक्रम गरी मनाइँरहेका छन् ।

यस अवसरमा येशुको शिक्षा एवं उपदेशको मनन तथा चर्चा गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना आदानप्रदान गर्ने, उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिन्छ ।

येशू ख्रीष्टको शुभ जन्मदिनको खुसियालीमा नेपालमा पनि विभिन्‍न कार्यक्रम गरी मनाइरहेका छन् ।

नेपालमा धर्म निरपेक्ष राज्य भएको घोषणासँगै ख्रीष्टमस पर्वलाई येशु ख्रीष्टको शुभ जन्मदिवसका रुपमा मान्यता दिएको छ । सरकारले पुस १० लाई राष्ट्रिय पर्वको मान्यता प्रदान गर्दै सार्वजनिक विदा घोषणा गरेको छ ।

नेपालको ख्रीष्टियन इतिहास ४०० वर्षभन्दा पुरानो छ । राज्य धर्मनिरपेक्ष हुनुअघि देशभर छरिएर रहेका पर्वलाई विशेषगरी विभिन्न मण्डली (चर्च) र ख्रीष्टियन संघसंस्थाभित्र नै मनाउँदै आएका थिए ।

हाल देशभर १२ हजराभन्दा बढी चर्च र ३० लाखभन्दा बढी ख्रीष्टियन समुदाय रहेको ख्रीष्टियन महासंघले जनाएको छ । महासंघले दिउँसो राष्ट्रिय सभागृहमा कार्यक्रमको अायोजना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *