विराटनगर वारियर्स इपीएल क्रिकेटको फाईनलमा प्रवेश

समतापोष्ट
  १२ पुष २०७४, बुधबार १०:२३

भैरहवा ग्ल्याडिएटर्सलाई ८ विकेटले हराउँदै विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग क्रिकेटको फाइनलमा पुगेको छ ।

आज भएको खेलमा भैरहवाले दिएको १ सय २८ रनको विजयी लक्ष्य विराटनगरले १७ ओभरमा २ विकेट गुमाएर पुरा ग¥यो ।

विराटनगको लागि बाबर हयातले ४४ बलमा ६२ रन तथा कप्तान पारस खड्काले २४ बलमा अविजित ४२ रनको महत्वपूर्ण खेल खेले ।

खेलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको भैरहवाले २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो ।
भैरहवाका लागि पुनित मेहेराले सर्वाधिक ४९ रन तथा आशिफ शेखले ४६ रन जोडेका थिए ।

पारस खड्काको कप्तानीमा रहेको विराटनगरले फाईनलमा स्थान सुरक्षित गर्दा पराजित टोली शरद भेषावकरको भैरहवाले दोस्रो क्वालीफायर खेल्नुपर्ने छ ।

भैरहवाले ललितपूर प्याट्रिएट्स र पोखरा राईनोजबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *