मौसम परिवर्तनसँगै सिरक–डस्नाको ब्यापार बढ्यो

समतापोष्ट
  १४ पुष २०७४, शुक्रबार ०५:५०

जाडो सुरु भएसँगै न्यानो कपडा र सिरक–डस्नाको कारोबार बढेको छ ।

व्यापारीलाई दिनहुँ नयाँ तथा पुराना सिरक–डस्ना बनाउन भ्याइ नभ्याई भएको छ । डस्नाका लागि पुराना फाटेका कपडालाई मेशिनमा पेलेर कपास बनाउने र सिरकका लागि नेपालमै उत्पादित कपास प्रयोग गरिएको छ ।

केही कपास भारतबाट ल्याउने गरिएको भए पनि डस्ना र सिरक खोलसहित १ हजारदेखि ४ हजार रुपैयाँसम्ममा बनाउने गरेको एक व्यापारीले बताए ।

देशका विभिन्न ठाउँ र भारतबाट आयात गर्नुपर्ने सिरक डस्ना व्यापारीले घर घरमै अहिले बिक्री गर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *