जनता आवासले अति विपन्न दलित परिवारका १७३ घर बनाउँदै

समतापोष्ट
  १४ पुष २०७४, शुक्रबार ०८:०४

जनता आवास कार्यक्रमअन्तर्गत सहरी विकास मन्त्रालयले चालू आर्थिक वर्षमा डडेल्धुरामा १७३ घर बनाउँदै छ ।

अमरगढी नगरपालिका, गन्यापधुरा गाउँपालिका र अजयमेरु गाउँपालिकामा अति विपन्न दलित परिवारलाई लक्षित गरी जनता आवास कार्यक्रम मार्फत घर निर्माणको काम शुरु गरेको छ ।

घरवासको व्यवस्था गर्न नसक्ने जिल्लाका अति विपन्न दलित परिवारका लागि घर बन्न थालेपछि झुपडीमा बस्दै आएकाहरु अब पक्की घरमा बस्न पाउने छन् ।

प्रतिपरिवारलाई नेपाल सरकारले ३ लाख ३५ हजार अनुदान पनि दिने र दुईकोठे भान्सासहितको घर निर्माण गर्ने गरी काम शुरु गरेको छ ।

अति विपन्न दलित परिवार घर निर्माण गर्न नसक्दा एउटै घरमा दुई वा दुईभन्दा बढी परिवार बस्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *