कपिलवस्तुमा थारुहरु माघी महोत्सबको तयारी गर्दै

समतापोष्ट
  १४ पुष २०७४, शुक्रबार ०९:२५

कपिलवस्तुमा माघी महोत्सव हुने भएको छ ।

पुस २७ देखि २९ गतेसम्म जिल्लाको गोरुसिङ्गेस्थित आफ्नो सभाहलको प्राङ्गणमा आठौँ माघी महोत्सव सञ्चालन हने भएको छ ।

भव्यरुपमा सम्पन्न गर्न सभाका अध्यक्ष जञ्जिरप्रसाद थारुको संयोजकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

१६ वटा विभिन्न उपसमिति गठन गरिएको छ । महोत्सवमा थारु जातिको भाषा, कला, संस्कृति झल्किने सामग्रीको प्रदर्शनी र थारु खानाका परिकार कक्ष रहने छन् ।

महोत्सवमा थारु जातिका नाच तथा झाँकीको प्रदर्शनीसमेत गरिनेछ । थारु संस्कृति झल्कने झुमरा, झर्रा,लाठी नाच, मयूर नाच, सजनी विरहनी, रेकर्ड डान्स प्रतियोगिता हुने छन् ।

महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ ।

थारु समुदायका ज्येष्ठ नागरिक र थारु उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिने आयोजक संस्थाका अध्यक्ष जंजिरप्रसाद थारुले जानकारी दिए ।

माघी नजिकिएसँगै यतिबेला थारु बस्तीमा रौनक छाएको छ । कपिलवस्तु, दाङ, रुपन्देही, नवलपरासीलगायतका थारु बस्तीमा माघी महोत्सब हुने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *