खेलकुद सामग्री वितरण

समतापोष्ट
  १६ पुष २०७४, आईतवार ११:२३

धरान १८ वडा समितिले आफ्नो वडाको फुटवल टिमलाई आइतवार खेलकुद सामग्रि वितरण गरेको छ । खेलकुद सामग्रि वडा १८का फुटवल टिम कप्तान हेम गुरुङले , खेलाडि जनक सुनुवार र विशाल सुनुवारको हातमा हस्तान्तरण गरिएको थियो ।

उनिहरुलाई कार्यक्रमका सभापति तथा धरान १८ वडाध्यक्ष प्रविण राई, जिल्ला फुटवल संघ, सुनसरी उपाध्यक्ष नविन राई र कार्यक्रममा उपस्थित मध्ये जेष्ठ नागरिक चेलिमाया राईको हात वाट सामग्रि हस्तान्तरण गरेका थिए । वडा १८ समितिले अठार थान जर्सि, मोजा, ५ थान वल र खाजा खर्च उपलव्ध गराएका छन ।

वडाको खेलाडि तथा टिमलाई प्रोत्साहन गर्नको लागि खेलकुद सामग्रि वितरण गरिएको धरान वडाध्यक्ष प्रविण राईले वताए । यसले वडाको मात्र होइन समग्र धरानको खेल स्तर उकास्नमा मद्धत पुग्नेछ । करिव पचास हजार रुपैया वरावरको सामग्रि वितरण गरिएको अध्यक्षले जानकारी गराए ।

यस्तो कार्य धरान १८ वडाले मात्र होइन धरानको विस वटै वडाले गर्न सके धरान खेलकुदको एक नम्वर शहर वन्ने कार्यक्रमका अतिथी तथा जिल्ला फुटवल संघ सुनसरीका उपाध्यक्ष नविन राईले सुभकामना मन्तव्यको क्रममा वताए । कार्यक्रममा किरात राई यायोक्खा केन्द्रिय सदस्य निर्मला राई, वडा नागरिक मञ्च अध्यक्ष नवराज श्रेष्ठ, देविथान संरक्षण समिति अध्यक्ष भिम देवान लगायतको उपस्थिति रहेको थियो ।

वडा १८ फुटवल टिमले धरान १७ स्थित गोधुलि क्लवको आयोजनामा पुस १५ गते देखि सुरु भइरहेको १८औ गोधुलि कपमा प्रतिश्पर्धा गर्नेछ । दुई पटक गोधुलि कपको उपाधि चुमिसकेका वडा १८ले यो पटक ह्याट्रिक गर्ने दाउमा रहेको टिम कम्तान हेम गुरुङले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *