बालीघरे प्रथा अन्त्य गर्न अर्घाखाँचीको मालारानी गाउँपालिकाले सुधारिएको आरन व्यवस्थापन सम्बन्धि एक महिने तालिम सञ्चालन गरेको छ । तालिममा मालारानी क्षेत्रमा बालीघरे काम गरिरहेका १० जना सहभागी थिए ।
तालिममा सहभागी मालारानी–५ का बोमबहादुर बिकले अब बालीघरे प्रथा अन्त्य हुने आशा पलाएको धारणा राख्नु भयो । बर्ष भरि बालिघरे काम गरेबापत एक घरबाट पाउने दुई पाथी अन्नले जीवन धान्न मुस्किल परिरहेको बेला तालिम आयोजना गरेर गाउँपालिकाले राम्रो गरेको बताउनु भयो । परम्परागत बालीघरे प्रथालाई व्यवसायिक बनाउन र नयाँ सिपको बारेमा जानकारी दिन तालिम आयोजना गरिएको मालारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकराज पन्थीले जानकारी दिनु भयो ।
जिल्लामा बसोबास गरिरहेका दलित समुदायले गैर दलितहरुसँग बालीप्रथामा काम गर्दै आएका छन् ।न्युज २४मा खबर छ ।
Leave a Reply