घर बनाउन नसक्नेलाई प्राधिकरणले घर बनाइदिने

समतापोष्ट
  २९ पुष २०७४, शनिबार ११:४०

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले घर बनाउन नसक्नेलाई आफैँले घर बनाइदिने गृह कार्यमा जुटेको छ । विशेष गरेर ७५ वर्षभन्दा माथिका सहाराविहीन वृद्धवृद्धा, अपांगता सम्बन्धी रातोकार्ड पाएका व्यक्ति, ६० वर्ष माथिका एकल महिला र परिवार नभएका टुहुरा १५ वर्षमुनिका बालबालिकालाई प्राधिकरणले घर बनाइदिने गृहकार्यमा जुटेको हो ।

‘एकल महिला सबैलाई घर बनाइदिने कि भनेर तथ्यांक संकलन गर्दा धेरै आएकाले निश्चित कोटा निर्धारण गरेका हौँ,’ प्राधिकरणका काभ्रे जिल्ला प्रमुख धु्रव गैँडाले भने, ‘ती तथ्यांक संघीय आयोजना कार्यान्वयन एकाइ र पुनःनिर्माण प्राधिकरणमा माघ ५ गतेभित्र पठाइसक्न प्रत्येक नगरपालिका र गाउँपालिकामा पत्र पठाइसकिएको छ ।’

घर बनाउन नसक्ने अवस्थाका मानिस देखेर नै नयाँ नीति निर्माण गर्नका लागि केन्द्रलाई अनुरोध गरेको र केन्द्रले पनि पहिले तथ्यांक संकलन गर्न अनुमति दिएको उनले बताए ।
खबरडबलीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *