नाटक प्रदर्शनमा प्रतिस्पर्धा चलिरहेका बेला लोक दृिष्ट थिएटरले नयाँ नाटक ‘सातुको कथा’ मञ्चन गरेको छ । लोक कथामा आधारित नाटक सातुको कथा शिल्पी थिएटर बत्तिसपुतलीमा माघ ११ देखि हरेक दिन बिहान ११ बजे, दिउँसो १ बजे र साँझ ५ बजे प्रदर्शन भइरहेको आयोजकले बताए ।
एउटा अनाथ र गरिब जोगीको वास्तविकतालाई उजागर गर्दै उसले आफ्नो भविश्यका बारेमा गरेको कल्पनामा आधारित भएर तयार गरिएको नाटकको कथा बस्तु निकै बेजोड छ । गरिब र धनीबीचको समाजिक अवस्था र गरिवले भोग्नु पर्ने वाध्यतालाई कथामा मार्मिक ढंगले उतारिएको छ ।
गरिव भएकै कारण मागेर खानु पर्ने सेते जोगीको वास्तविकतामाथि ब्यंग्य गर्दै उसको चरित्रलाई समेत नाटकमा स्थान दिईएको छ । सेते जोगीले समाजमा अपहेलित भएर बाँच्नु परेको र मुखियाको बचनका कारण धनी भई सुखी जीवल जिउने कल्पना गर्दै देखेको सपना नै नाटकको मुख्य बिषयवस्तु हो । सातु बेचेर धनी बन्ने सेते जोगीको सपना एकाएक चकनाचुर हुँदाको क्षणलाई बढो मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।
चलन चल्तीको दन्यकथालाई नटकीय रुपमा उतारिएको सातुको कथामा प्रभाकर न्यौपानेको मुख्य भुमिका देख्न सकिन्छ । नाटकमा सेते जागीको भुमिकामा न्यौपानेको शसक्त अभिनय रहेको छ । प्रेम पौडेलको लेखन तथा निर्देशन रहेको नाटकमा मुखियाको भुमिकामा बासुदेव खनाल, पितलेको भुमिकामा पुस्प अवस्थी र चञ्चलाको भुमिकामा साक्षी लम्सालको जिबन्त अभिनय हेर्न सकिन्छ । गीत, संगीत, कला, भेषभुषा, स्थानीय लवज र अभिनयलाई एकैसाथ एउटै नाटकमा देख्न सकिने भएकाले पनि सातुको कथा दर्शकबाट सर्वाधिक रुचाईएको छ ।
नेपथ्यबाट सुमधुर स्वरकी धनी गायीका गायत्री त्रिपाठीले गायनमा साथ दिएकी छिन् भने खुम केसीले सारंगीमा र कमल ओलीले मादलमा साथ दिएका छन् । मञ्च ब्यबस्थापन, भेषभुषामा चाँदनी शाहिको भुमिका महत्वपूर्ण छ । नाटक यही माघ १५ गतै सम्म प्रदर्शन हुने आयोजकले बताए ।
प्रकाशित १४ माघ २०७४, आइतबार
Leave a Reply