स्थानीय रैथाने खाद्य बालीको प्रदर्शन

समतापोष्ट
  १० फाल्गुन २०७४, बिहीबार ११:३८

१० फागुन,अछाम । खाद्य बालीबाट बनेका परिकारमा सर्वसाधारणको आकर्षण बढेसँगै अछाममा प्रथम महोत्सव तथा पौष्टिक परिकार प्रदर्शन भएको छ ।

पौष्टिक परिकारको अपरिहार्यता स्वस्थ्य तथा सुखी परिवारको आवश्यकता भन्ने मुल नाराका साथ स्थानीय रैथाने बाली कोदो, कागुनो, सिस्नो, फापर, सिमीलगायतबाट बनेका परिकारप्रति सर्वसाधारणको आकर्षणलाई ध्यानमा राखेर आयोजना गरेको उद्योग वाणिज्य संघले जनाएको छ ।

महोत्सवमा बाजुरामा उत्पादन गरिएका मसला, सस र स्थानीय खाद्य परिकारको प्रदर्शनी तथा बिक्री गरिएको छ । जिल्ला पशु सेवा कार्यालयले कृषि तथा खाद्य कार्यक्रम गरेको छ ।

सुनौला हजार दिनभित्र पर्ने आमा तथा बच्चा र किशोरीहरुको स्वास्थ्य सुधार गर्ने र कृषि तथा पशुजन्य पदर्थ सहितको आहारा बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

पौस्टिक परिकार प्रदर्शनी कार्यक्रममा स्थानीयस्तरमा पाइने सिस्नोको कापु, खिर, कोदोको केक र अन्डाका परिकार बनाएर सहभागीहरुलाई खुवाईएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *