डोटीबाट बिजयी प्रदेश सभा सदस्य भरत खड्काले दिपायलमा राजधानी माग्दै महिनौ देखी आन्दोलन गरिरहेका डोटीका वासिन्दालाई वार्तामा बोलाउन सभामुख मार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।
आईतवार प्रदेश सभाको बैठकमा विशेष समय लिएर बोलेका खड्काले दिपायलमा राजधानीको बिषयलाई लिएर महिनौ देखी भईरहेको आन्दोलनबारे प्रदेश सरकारलाई जानकारी छ की छैन भनेर प्रश्न गरेरु
उनले भने ‘३ महिना दिनदेखी दिपायलमा राजधानीको बिषयलाई लिएर आन्दोलन भईरहेको छ प्रदेश सरकारलाई यो बिषयमा जानकारी छ की छैन, सभामुख महोदय म डोटीका ति वासिन्दाहरुलाई वार्तामा बोलाउन जोडदार माग गर्दछु।’
खड्काले बहुमत र अल्पमतले राजधानीको टुंगो नलगाई औचीत्यपुर्ण ढंगले निर्णय लिनुपर्ने बताए।
‘डोटी सुदूरपश्चिमको क्षेत्रिय सदरमुकाम पनि हो, पहाडी ७ जिल्लाको केन्द्र पनि हो, लामो समयदेखी प्रशासनिक केन्द्रका रुपमा रहदै आएको डोटीमा अरबौका संरचनाहरु पनि तयार छन, त्यसैले प्रदेशको स्थाई राजधानी दिपायलमा हुनुपर्ने मागलाई संबोधन गर्न आन्दोलनकारीलाई तत्काल वार्तामा बोलाउन माग गर्दछु।’ खड्काले भने।
कार्य व्यवस्था परामर्ष समिति र प्रदेश सभा नियमावली मस्यौदा समिति गठन
यस्तै प्रदेश नम्बर ७ को प्रदेश सभाको आज बसेको बैठकले संसदको कार्य व्यवस्था परामर्ष समिति र प्रदेश सभा नियमावली मस्यौदा समिति गठन गरेको छ। तर मुख्यमन्त्री त्रिलोचन भट्टले विस्वासको मत लिने कार्यतालिका रहेपनि प्राबिधिक कारणले स्थगित भएको जनाईएको छ।
अब फागुन २२ गते बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले विस्वासको मत लिनेछन।
सभामुख अर्जुन थापाले गठन गरेको संसदको कार्य व्यवस्था परामर्ष समितिमा तारालामा तामाङ, कृष्णराज सुवेदी, अर्चना गहतराज, अक्कल रावल, बिरमान चौधरी, भरत खड्का, रणबहादुर रावल र मालामती राना रहेका छन्।
सभामुखको नेृतत्वमा रहने कार्य ब्यवस्था परामर्ष समितिमा उपसभामुख र कानुन मन्त्री सदस्य रहने ब्यवस्था छ। संसदको परामर्षका लागि कार्य ब्यवस्था परामर्ष गठन गरिन्छ।
त्यस्तै प्रदेश सभा नियमावली मस्यौदा समितिमा लिलाधर भट्ट, पुर्णा जोशी, महेशदत्त जोशी, टेकबहादुर रैका र कृष्ण चौधरी रहेका छन्।
एमालेको तर्फबाट प्रदेश सभा सदस्य तारा लामा तामाङले प्रस्ताव गरेको समितिलाई काँग्रेसका प्रदेश सभा सदस्य टेकबहादुर रैकाले समर्थन गर्नुभएको थियो । समितिको संयोजक सदस्यहरुले आफै तोक्ने प्रावधान छ । दिनेशखबरबाट
Leave a Reply