प्रदेश नम्बर ७ को राजधानी समेत रहेको धनगढी स्थित एक मात्र पार्कलाई रमणीय स्थल भन्दा पनि पार्टी प्यालेस र रेष्टुरेन्टका रुपमा विकास गरिन थालिएको छ। धनगढी उपमहानगरपालिकाको गैरजिम्मेवार र अदुरर्दशी निर्णयका कारण धनगढी पार्क, पार्टी प्यालेस र रेष्टुरेन्टका रुपमा विकसीत हुन थालेको हो। आकर्षक पर्यटकिय स्थल बनाएर आन्तरीक तथा बाह्य पर्यटकहरुलाई लोभ्याउनुपर्नेमा धनगढी पार्कमा भने विबाह र ब्रतबन्धका लागि पार्टी प्यालेस बनिरहेको छ।
धनगढी उपमहानगरपालिकाको स्वामीत्वमा रहेको दशरथ भिम उद्यान नाम दिईएको पार्कलाई रमणीय पर्यटकिय स्थल बनाउनुको साटो पार्टी प्यालेसका रुपमा बिकसीत गर्न थालिएको हो । १२ बर्षका लागि धनगढीको स्वार कन्सट्रक्सनले भाडामा लिएको दशरथ भिम उद्यानमा तेस्रो पक्षका रुपमा रहेका ऋषीकेष श्रेष्ठले पार्टी प्यालेस बनाउन थाल्नुभएको हो । उहाँलाई धनगढी उपमहानगरपालिकाले पार्टी प्यालेस बनाउन अनुमती दिएको छ ।
धनगढीको एक मात्रै रमणीय स्थल रहेको पार्कलाई पार्टी प्यालेसका रुपमा बिकसीत गर्न अनुमती दिनु आफैमा धनगढी उपमहानगरपालिकाको अदुरदर्शी निर्णय भएको धेरैको बुझाई छ। यस अघिका कार्यकारी अधिकृत कृष्ण प्रसाद जैशीको पालामा धनगढी पार्कलाई १२ बर्षका लागि भाडामा दिने सम्झौता भएको थियो। उक्त सम्झौतामा उद्यान परिषरमा हिड्ने पेटी, बेन्च, पिकनिक स्थल, कृतिम झरना, जल बगैँचा, स्वीमिङ पुल, मिटिङ हल, आवास, बाल उद्यान, बिबाह र ब्रतबन्ध गर्ने व्यवस्था गर्न सकिने कुरा उल्लेख छ।
सोही बुदामा टेकेर पार्क संचालक ऋषीकेश श्रेष्ठले पार्टी प्यालेस बनाउन थाल्नुभएको हो । तर यो सम्झौता पत्र तयार पार्ने र त्यसमा हस्ताक्षर गर्नेहरुले पार्क भनेको बिबाह तथा ब्रतबन्ध गर्ने ठाउ नभई रमणीय स्थलको आनन्द लिने ठाउ रहेको कुरा किन ख्याल गरेनन रु अथवा जानाजान गैरजिम्मेबार सम्झौता गरे त्यसको भने खोजी हुनुपर्छ। धनगढी उपमहानगरपालिका र स्वार कन्सट्रक्सनबिच भएको सम्झौता पत्रमा सुदूरपश्चिमको कला संस्कृती झल्कने बस्तुहरुको प्रदर्शनी सथल, संग्रहालय र पुस्तकालय आदीको पनि निमार्ण र व्यवस्थापन गर्ने कुरा उल्लेख छ तर यि बुदामा उल्लेख भएका कुराहरु भने धनगढी पार्कमा देखिएका छैनन।
धनगढीका बिभिन्न स्थानमा अहिले निजि क्षेत्रबाट पनि पार्टी प्यालेसहरु बनिसकेका अवस्थामा सरकारी स्वामीत्वको पार्कमा पार्टी प्यालेस बनाउनु अनुमती दिनेहरुलाई प्रदेश राजधानी समेत भईसकेको शहरमा घुम्न लायक रमणीय ठाउ पनि हुनुपर्छ भन्ने कुराको हेक्का रहनुपर्छ। दिनेशखबरबाट
Leave a Reply