कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले भोजपुरको सदरमुकाम नजिक पोखरेमा समता स्कूल सञ्चालनमा ल्याइने भएको छ।
समता फाउण्डेसनमार्फत् देशका सबै जिल्लामा स्कूल स्थापना गर्ने उद्देश्यअनुरुप भोजपुरमा एक हप्ताभित्र पढाइ सुरु हुनेगरी समता स्कूल सञ्चालनमा ल्याउन लागिएको समता फाउण्डेशनका संस्थापक उत्तम सञ्जेलले जानकारी दिए।
विद्यालयले नर्सरी, यूकेजी, एलकेजी र कक्षा १ सम्म भर्ना लिनेछ । यसअघि आवश्यक प्रक्रिया पूरा नभएको भन्दै भोजपुर नगरपालिकाले विद्यालय सञ्चालनमा रोक लगाएको थियो।
पछिल्लो समय सञ्चालनको अनुमति पाएपछि व्यवस्थापनका लागि संस्थापक उत्तम सञ्जेल र विद्यालयका संरक्षक हास्यकलाकार हरिवंश आचार्य बिहीबार भोजपुर आइपुगेका छन्।
यस विद्यालयले मासिक १०० रूपैयाँमै अंग्रेजी माध्यमबाट अध्यापन गराउँदै आएको छ। यहाँ स्थापना हुने स्कूल देशको ७५औं स्थानमा परेको छ । नेपालखबरबाट
Leave a Reply