कम्प्युटरको पहुँचमा गाउँका छोरीबुहारी

समतापोष्ट
  १८ बैशाख २०७५, मंगलवार ११:०१

बैतडीको ग्रामीण क्षेत्रका छोरीबुहारी पनि कम्प्युटरको पहुँचमा पुग्न थालेका छन् । छोरीबुहारीलाई पनि कम्प्युटरको पहुँचमा पु¥याउनका लागि वातावरण संरक्षण तथा सामाजिक विकास संघले बैतडीको ग्रामीण क्षेत्रमा कार्यक्रम सञ्चालन गरेको।

संस्थाले बैतडीको दोगडाकेदार गाउँपालिकामा विगत एक महिनादेखि कम्प्युटर कक्षा सञ्चालनमा ल्याएको हो । ‘युवा महिलाका लागि आधारभूत कम्प्युटर शिक्षा’ भन्ने मूलनारासहित चैत २० गतेदेखि कक्षा सञ्चालनमा रहेको वातावरण संरक्षण तथा सामाजिक विकास संघका अध्यक्ष घनश्याम भट्टले जानकारी दिए ।

गाउँपालिकाको वडा नं ३, श्रीकोट र वडा नं ७, देउलेकका गरी २३ महिलाको सहभागिता रहेको उनले बताए । नेपाल सरकार महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको रु दुई लाख आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन भइरहेको संस्थाले जनाएको छ ।

सरकारी सेवा प्रवेश, लोकसेवा आयोग परीक्षाका लागिसमेत कम्प्युटर शिक्षा आवश्यक रहेको तथा छोरी बुहारीलाई कम्प्युटर शिक्षाको पहुँचमा ल्याउनका लागि उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको संस्थाका अध्यक्ष भट्टले जानकारी दिए ।

ग्रामीण क्षेत्रमा रहेका महिलालाई कम्प्युटरको पहुँचमा ल्याउनुका साथै वर्तमान अवस्थामा कम्प्युटर शिक्षा आवश्यक रहेकाले संस्थाले सञ्चालन गरेको कम्प्युटर शिक्षा उपलब्धिमूलक रहेको सहभागी सीता विष्टले जानकारी दिए ।

उहाँले भन्नुभयो “ग्रामीण क्षेत्रमा यसरी कम्प्युटर कक्षा सञ्चालनले निकै सहयोग पुगेको छ” । तीन महिनासम्म सञ्चालन हुने उक्त आधारभूत कम्प्युटर शिक्षाको तालीममा दीपेन्द्र कार्की प्रशिक्षक रहेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *