जेष्ठ नागरिकलाई दीर्घरोगको निःशुल्क उपचार

समतापोष्ट
  १४ जेष्ठ २०७५, सोमबार ११:५८

सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने उमेर पुगेका अर्जुनधारा नगरभित्रका दीर्घरोगी जेष्ठ नागरिकलाई अर्जुनधारा नगरपालिकाले निःशुल्क सेवा तथा औषधि वितरण गर्न शुरु गरेको छ ।

अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाले जेष्ठ नागरिक मिलन समाजका अध्यक्ष रामप्रसाद भट्टराईलाई उपचार कार्ड वितरण गरेर आइतबार कार्यक्रमको शुभारम्भ गरे ।

दीर्घरोगको निःशुल्क उपचारका लागि पहिलो चरणमा उच्च रक्तचाप र मधुमेहका बिरामीलाई निःशुल्क औषधि वितरण गरिने उनले बताए ।

त्यस्तै नियमित रक्तचाप जाँच र मधुमेहका बिरामीको रक्त जाँचका लागि शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्र, अर्जुनधारा स्वास्थ्य चौकी र खुदुनाबारी स्वास्थ्य चौकीलाई केन्द्र बनाएर कार्यक्रम शुरुवात गर्न लागिएको नगरप्रमुखको भनाइ छ ।

जेष्ठ नागरिकको नियमित स्वास्थ्य जाँचको थालनी गर्न शुरुवात गरिएको यस कार्यक्रमको निरन्तरतासँगै भविष्यमा एकल महिला तथा अपांगताका समेत कार्यक्रम अघि बढाइने छ । खबरडबलीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *