आफ्नो सुरक्षा गार्ड दलित भएको थाहा पाएपछि जिल्ला प्रशासन कार्यालय पर्बतबाट हटाईएका प्रहरी हवल्दार कविराज बिक पुन जिल्ला प्रशासन कार्यालयमा फर्केका छन् ।
पर्बतका प्रमुख जिल्ला अधिकारी गुरु दत्त ढकाललाई आफ्नो सुरक्षार्थ खटिएका प्रहरी हवल्दार दलित भएको थाहा पाएपछि हटाइएको आरोप लागेको थियो ।
प्रशासन कार्यालय जस्तो राज्यको प्रमुख निकायमानै प्रजिअबाट जातिय विभेद भएको घटनाको चौतर्फी बिरोध भएपछि आजदेखि पुन: प्रहरी अवल्दार बिकलाई प्रजिअको सुरक्षार्थ कार्यालयमा खटाईएको हो ।
आज बिहानै देखि आफु सिडियो कार्यालयमा हाजिर भएको कुरा प्रहरी हवल्दार बिकले समताअनलाइन डटकमलाई जानकारी दिनुभयो । सिडियो कार्यालयबाट दलित भनि प्रहरीलाई हटाईयो भन्ने कुराको चौतर्फी आवाज उठ्न थालेपछि यो बिषय साम्य गर्नका लागि आफुले प्रहरी हवल्दार कविराज बिकलाई पुन: प्रजिअ कार्यालयमा सुरक्षाका लागि पठाएको पर्बतका प्रहरी प्रमुख डिएसपी दिलीप घिमिरेले टेलिफोन सम्पर्कमा बताए ।
जिल्लामा शान्ती सुरक्षा कायम गर्ने, देशको कानुन कार्यान्यवन गराउने लगायतका महत्वपुर्ण काम हुने प्रशासन कार्यालयमानै प्रहरीमाथि जातिय विभेद भएको खबर बाहिर आएपछि त्यसको बिरोध हुदै आएको थियो ।
घटना के थियो ?
पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको सुरक्षार्थ खटिएका गार्ड प्रहरी हवल्दार चक्रबहादुर थापा बिदामा गएपछि जिल्ला प्रहरी कार्यालय पर्वतले प्रहरी हवल्दार कविराज विकलाई प्रजिअको सुरक्षार्थ खटाएको थियो । तर प्रजिअ ढकालले आँफुलाई कार्यालयमा बोलाएर आफ्नो सम्पुर्ण विवरण लिएपछि असार दुई गते सोही दिननै जिल्ला प्रहरी कार्यालयमा फिर्ता पठाएको थियो ।
आफु दलित भएको थाहा पाएको दिन नै कार्यालयबाट हटाइएकाले आफुमाथि जातिय विभेद भएको हवल्दार बिकले संचारमध्यमहरुलाई जानकारी दिनुभएको थियो ।
उक्त घटना संचार माध्यमहरुमा आएपछि पर्वतका प्रहरी प्रमुख डिएसपी घिमिरेले यस अघिका प्रजिअ गार्ड प्रहरी हवल्दार कृष्ण घर्ती मगरले आफुलाई नै गार्ड राख्न भनसुन गरेपछि हवल्दार बिकलाई फिर्ता बोलाइएको कुरा संचारमाध्यमलाई बताउदै आउनु भएको थियो।
तर हवल्दार घर्ती केही समय अघि मात्रै प्रजिअको गार्डबाट फिर्ता भएर कुस्मा नगरपालिका ५ स्थीत प्रहरी बिटमा इन्चार्जका रुपमा खटिसकेका थिए ।
स्मरण रहोस, पर्बतका प्रजिअ ढकाल पर्वत पुगेको १ महिनामा ३ जना सुरक्षा गार्ड परिर्वतन भैसकेका छन् । यस कुराले पनि प्रहरी हवल्दार बिकमाथि सिडियो कार्यालयमा जातिय दुब्र्यहार भएको पुष्टी हुन्छ । आफ्नो सुरक्षा गार्ड कसलाई राख्ने भन्ने अधिकार प्रजिअ स्वयमलाई भएपनि एक महिना मै तिन जना सुरक्षा गार्ड परिर्बतन हुनु अचम्म होईन र
Leave a Reply