गाउँमा पहिलोपटक बस पुग्दा अबीरजात्रा

समतापोष्ट
  ७ असार २०७५, बिहीबार १४:२१

पाल्पाको बगनासकाली–६ यम्घाको दर्पुकमा पहिलोपटक बस पुगेको छ। बगनासकाली गाउँपालिकाको आर्थिक सहयोगमा कच्ची सडक चौडा पारिएपछि बुधबार पहिलोपटक गाउँमा बस पुगेको हो। लु १ ख ७७७६ नम्बरको बस चालक कुलबहादुर गाहाले पहिलोपटक गाउँमा बस पु¥याएका हुन्। गाउँमा बस पुगेपछि स्थानीयवासीले हर्षित हुँदै बसका चालकलाई फूलमालाले स्वागत गरेका छन्।

गाउँपालिकाको आव २०७४-०७५ को मौलेभञ्ज्याङ्ग दर्पुक सडक सुधारका लागि विनियोजित ४० लाख रुपैयाँ बजेटमा सडक चौडा पारेपछि गाउँमा बस पुगेको हो। बगनासकाली गाउँपालिकाको मौलेभञ्ज्याङ्मा आठवर्ष अगाडिदेखि साँघुरो सडक र अप्ठ्यारो घुम्ती छिचोल्दै दैनिकजसो तानसेनसम्म जिप सञ्चालन हुँदै आएपनि सडक चौडा नपारिँदा यात्रुले समस्या भोग्दै आएका छन्।

सडक चौडा भएसँगै गाउँमा बस पुगेपछि स्थानीयवासीले खुशियालीमा एकअर्कामा अबीरजात्रा गरेका थिए। दर्पुक गाउँमा सीमान्तकृत बोटे समुदायको समेत बाक्लो बस्ती रहेको छ।

सुधारिएको सडकबाट गाउँमा गाडी पुगेको बगनासकाली गाउँपालिकाका प्रवक्ता एवं वडा ६ का अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले बताए। नियमित बस आएपछि आवतजावतमा सहज हुने स्थानीय रामप्रसाद भट्टराईले बताए।

गाउँबाट नियमित बस सञ्चालन भएमा सिमाना जोडिएका जिल्ला स्याङ्जाको मालुङ्गा, बेल्टारी, जैपतेलगायतका स्थानीयलाई पनि ठूलो राहत मिल्ने स्थानीयले बताएका छन्। नेपालखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *