सलिनाले ल्याईन तीजमा धनगढी थर्काउने गीत (भिडियो सहित)

समतापोष्ट
  ६ श्रावण २०७५, आईतवार १९:०१

नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिक आइरहँदा यति बेला तिर्सना म्युजिक प्रालि मार्फत सलिना नेपालीको तीज गीतको सांगीतिक कोसेली “धनगडी थर्काउने काठमाडौँ थर्काउने” बोलको गीत सार्बजनिक भएको छ ।

सम्पूर्ण हिन्दु नेपाली नारीहरुलाई बर्षको एक दिन निकै हर्ष उल्लासको साथमा नचाउने उदेश्यका साथ तयार पारिएको यस गीतमा सलिना नेपाली र डी।बि निरंकारिको सुमधुर स्वर सजिएको छ । उनीहरु द्वयले यसपालिको तीजमा जे परे पनि धनगडी तथा काठमाडौँ मात्रा होइन अधिराज्य आफ्नो गीत मार्फत थर्काउने सोच गरिरहेका छन् ।

प्रस्तुत गीतलाई लय डी.बि.निरंकारी र शब्द गोपाल बि.सी.ले तयार पारेका छन् । गीतको रोमान्चक भाव नुसार भिडियोलाई पनि निकै आकर्षक बनाउने प्रयास गरिएको छ । भिडियोमा गायिका तथा यस गीतकी प्रस्तुतकर्ता सलिना स्वयम् ले उत्कृष्ट नृत्य सहितको अभिनय गरेकी छिन् ।

सलिनालाई अहिलेका चर्चित गायक एवं मोडल राम्जी खाडले पनि अभिनयमा साथ दिएका छन् । उनीहरु द्वयको अभिनय सहितको नृत्यले पनि यस गीतले अशंख्य श्रोता तथा दर्शकहरुको अत्याधिक माया पाउनेमा विश्वास गर्न सकिन्छ । भिडियोलाई निर्देशन मौसम हिमालीले गरेका हुन् भने छायांकन दुर्गा पौडेल र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला 

Leave a Reply

Your email address will not be published. Required fields are marked *