विश्वभरका १०० जना प्रभावशाली महिलाको सूचीमा पर्न सफल उमादेबी बादी

समतापोष्ट
  ४ मंसिर २०७५, मंगलवार १३:१९

सुदूरपश्चिम प्रदेश सभा सांसद उमादेवी वादी बेलायती प्रसारण संस्था (बिबिसी) को उत्प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा परेकी छन्। सोमबार सार्वजनिक १०० महिलाको सूचीमा वादी अटाएकी हुन्।

मलाई यो कुरा सुन्दा एकदमै खुसी लाग्यो, सबैजनालाई धेरै धेरै धन्यवाद, टीकापुरमा रहेकी सांसद वादीले भनिन्। ५४ वर्षीया वादी गत प्रदेश सभा चुनावमा नेपाली कांग्रेसबाट समानुपातिकमा सांसद बनेकी हुन्। बिबिसीले उनलाई अछुत भनिएको वादी समुदायबारेको मानसिकता परिवर्तन गर्न लागेकी भनेर परिचय दिएको छ।

यो सूचीमा संयुक्त राष्ट्र संघकी उपमहासचिव नाइजेरियाकी अमिना जे मोहम्मद, अष्ट्रेलियाकी पूर्वप्रधानमन्त्त्री जुलिया गिलार्ड, क्लिन्टन फाउन्डेसनकी उपाध्यक्ष तथा पूर्वअमेरिकी राष्ट्रपति बिल क्लिन्टन र पूर्वविदेश मन्त्री हिलारी क्लिन्टनकी छोरी चेल्सी क्लिन्टनलगायत छन्। बिबिसीले हरेक वर्ष १०० जना उत्प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गर्छ। उनीहरूको जीवन कथा बिबिसीले टेलिभिजन, रेडियो र अनलाइनमा प्रसारण गर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *