२१ माघ,डोटी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड घुम्नका लागि हेलिकप्टरको व्यवस्था गरिएको छ । डोटी चेम्बर अफ कमर्सले दिपालयमा आयोजना गर्न लागेको प्रादेशिक महोत्सवमा खप्तड घुम्न जाने पर्यटकका लागि हेलिकप्टरको व्यवस्था गरिएको चेम्बर्स अफ कमर्स डोटीका अध्यक्ष खगेन्द्रबहादुर साउँदले बताए ।
उहाँले भन्नुभयो, ‘खप्तडसम्म हिडेर जान नसक्ने र छोटो समयमानै खप्तड घुम्न चाहने पर्यटकहरुलाई ध्यानमा राखेर हामीले हेलिकप्टर सेवा दिने भएका छौँ ।’
आउँदो फागुन १७ गतेदेखि २७ गतेसम्म दिपायलमा प्रादेशिक महोत्सव सञ्चालन हुँदैछ । नेपाल भम्रण वर्ष २०२० लाई सफल पार्ने उदेश्यकासाथ डोटी चेम्बर अफ कमर्सले दिपायलदेखि खप्तडसम्मका लागि ११ दिनसम्म हेलिकप्टर सेवा सञ्चालन गर्ने डोटी चेम्बर अफ कमर्सले जनाएको छ ।
खप्तड पुग्ने पर्यटकहरुको सुविधाका लागि खप्तडमा प्राथमिक स्वास्थ्य सेवा पनि प्रदान गर्ने छ भने खप्तड जाने पर्यटकहरुलाई थप सुविधाका लागि खप्तडमा घोडचडीको व्यवस्था समेत मिलाइने कमर्सका उपाध्यक्ष नवीन श्रेष्ठले जानकारी दिनुभयो ।
Leave a Reply