आर्थिक अवसर र वाध्यता, खुला परिवेश, अनि ‘म पनि केहि गर्न सक्छु’ भन्ने महत्वाकाक्षी भावनाले महिलाहरु परम्परागत चुलो चौकोबाट बाहिर निस्किएर उद्योग व्यवसायमा लागेका छन । कमाइको लेखा जोखा नभएपनि राष्ट्रिय जनगणना २०५८ ले देशभरिका करिव १२ लाख महिलाहरु गैर कृषि क्षेत्रका विभिन्न उद्योग व्यवसायमा छन भनेको छ ।
बाध्यताले व्यवसाय अगाल्नेहरुको अर्कै कुरा, अहिले त सजिला विकल्प छाडेर आफुले काम नगरे पनि हुने अवस्थाका महिलाहरु समेत जोखिम उठाएर उद्योग व्यवसायमा हात हाल्न थालेका छन । तर असहयोगी सामाजिक संस्कार, सम्पतीमा अधिकार नहुने असमान कानुन, साना उद्यमीहरुलाइ उद्यमीनै नमान्ने राज्यको व्यवाहारले आउन सक्ने जति महिलाहरुलाइ पनि अगाडी आउन दिइरहेको छैन ।
हस्तकला उत्पादन संघकी अध्यक्ष मीरा भट्टराई, आमा इन्पेक्सकी रीता सिंह, लुमना निड क्र्याफ्टकी अरुणा शाक्य हस्तकलाका वस्तु उत्पादन गरी निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सक्षम महिला मध्येमा पर्छन । नेपाल गृहिणी उद्योगकी इन्दिरा सापकोटा, टे«डिङ फर डेभेलपमेन्टकी सुलोचना शाह, नेपाल पेपर क्र्याफ्टकी रीता भण्डारी मुलुकलाइ राम्रै राजस्व तिर्ने, अरुलाई रोजगारी दिने र विदेशी मुद्रासमेत आर्जन गर्ने उद्यमीहरू हुन ।
मानुसी आर्ट एन्ड क्र्याफ्टकी पद्मसना शाक्य, न्यू हिमालयन आकाश एक्सपोर्टकी मीना कार्की, लक्ष्मी उड क्र्याफ्टकी लक्ष्मी शर्माजस्ता महिलाहरू त्यस्ता उदाहरण हुन् जसले साहस र हिम्मत बटुलेर जोखिम बेहोर्दै आफनो व्यवासायमा सफलता प्राप्त गरेका छन् । राजधानी र शहर बजारमा मात्र किन, उपत्याका वाहिरका महिला उद्यमीहरुले पनि आफनो क्षमता देखाएका छन । दुई वर्ष अघिसम्म आर्थिक हिसावले तन्नम सुकुम्बासी फिकुरी, नुवाकोटकी पार्वती भट्ट अहिले दैनिक ५–६ सय आम्दानी गर्न थालेकी छिन् । सय रुपैयाको लगानीबाट शुरु भएको उनको दुनोटको व्यवसायले अहिले उनको आर्थिक सामाजिक हैसियतनै बदलिदिएको छ ।
त्यस्तै उदाहरण सुदुरपश्चिममा पनि छ । श्रीकेदार गविस वैतडिकी रेखा चन्दले जंगलमा घाँस काट्न जादा बटुल्ने गरेको अमला, लप्सीको अचार बनाउन थालेर शुरु गरेको पेशबाट अहिले झ्ण्डै दुईलाख नाफा गर्न थालेकी छिन् । कुनै समय अर्काको धरकी धरेलु कामदार चन्दको अहिले आफ्नै घर छ । केहि सहकर्मीलाइ साथमा लिएर उनले बनाएको आँप, अमला, लप्सी आदीको अचार अहिले सुदुरपश्चिममा चर्चित ‘रेखा अचार’ को ब्राण्डमा बिक्री हुने गरेको छ ।
इन्द्रा सिनाल वैतडिकै अर्कि चर्चित अचार व्यवसायी हुन् । जङ्गलबाट बटुलेर ल्याएको लप्सी तथा अमलाबाट अचार उत्पादन थालेकी इन्द्रा अहिले महिनाको दुई क्वीण्टल अचार बेचेर ८ हजार भन्दा वढि कमाउछीन । ‘पानि नचल्ने जात’ ले बनाएको भनेर स्थानिय बजारमा अचार विक्री नहुने हिजोको समस्या अव छैन । अब त वाहुन क्षेत्रीहरु पनि लुकी लुकी उनले बनाएको अचार चाख्न थालेका छन ।
सिरहा बस्तीपुरकी रामपरी यादवसंग अहिले १४ वटा रिक्सा छन् । श्रीमानको साइकल मर्मत पसलको कमाइले परिवार धान्न नसके पछि तीन वर्ष अधि रामपरीले स्वावलम्बन विकास केन्द्र, लाहानबाट रु ५ हजार ऋण लिएर दुईवटा पुराना रिक्सा किनेकी थिइन । तीनै २ वटा थोत्रा रिक्साबाट शुरु भएको आर्थिक उन्नतीले अहिले उनीसंग १४ वटा रिक्सा छन् । जसबाट दैनिक रु २ सय ८० जति आम्दानी हुन्छ ।
बढ्दो सङ्ख्या
मिरा भट्टराइ देखि रिता राजभण्डारी हुदै रेखा चन्द जस्ता कति महिलाहरु अहिले उद्योग व्यवसायमा लागेका छन भनेर तथ्याङ्क पाउन सजिलो छैन । सरकारी तथा गैर सरकारी कुनै स्रोतका अनुमानमा निर्भर रहनु पर्ने वाध्यता छ । महिला उद्यमीको सङ्ख्या र कारोबार यतिनै छ भनेर थाहा पाउन असम्भवनै छ । तर सम्बद्ध सधं सस्थाका गतिविधिले देखाउने आकार र विज्ञहरुका अनुभवमा ……….जति महिलाहरु उद्योग तथा व्यवसायमा लागेका छन ।
यसमा कृषि क्षेत्रमा संलग्न ……. सख्या जोडदा …. पुग्न सक्छ । जसको वार्षिक कमाइ……जति हुन सक्छ । औलामा गन्न सकिने थोरै महिलाहरु मात्र ठूला उद्यमी छन भने बाकी सबैलाइ साना, घरेलु तथा लघु गरी तीन श्रेणीमा राख्न सकिन्छ । वार्षिक कारोबारमा साना उद्यमीको १० देखि ४० लाख, घरेलु उद्यमीको १ देखि १० लाख र लघु उद्यमीहरूको १ लाखसम्मको हुने व्यवसायीहरुको अनुमान छ ।
कुल २८ हजार सदस्य रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघमा महिला उद्यमीको संख्या ७ हजार मात्रै छ । यी मध्ये २०० जति साना महिला उद्यमीहरू छन् भने बाँकी सबै घरेलु उद्यमी छन । महिला उद्यमीहरूको सख्या बृद्धि हुने क्रम उल्लेख्य छ । महासधंमा प्रत्येक वर्ष ३०० देखी ५०० महिला उद्यमीहरू सदस्यताका लागि आवेदन गर्छन ।
४५ जिल्लमा फैलिएको महिला उपसमितीकी सभापति लता प्याकु¥यालका अनुसार सात हजार महिला उद्यमीहरूबाट झ्ण्डै ५० हजार जतिलाइ रोजगारी दिएको छ । महासंधको तथ्याङ्कमा अन्य जातीका महिलाहरूको तुलनामा उद्योग व्यवसायमा आउने दलित जातीका महिलाको संख्या निक्कै कम छ ।
नवौँ योजनाले तय गरेको गरिबी निवारणको लक्ष्य पुरा गर्न् पाचवर्ष अधि शुरु भएको लघु उद्यम विकास कार्यक्रम (मेडेप) ले अहिले १० वटा जिल्लामा उद्यमशिलता विकासकालागी विभिन्न कार्यक्रमहरू चलाई रहेको छ । ५ वर्षमा प्रत्येक जिल्लामा ६०० महिला उद्यमी तयार गर्ने कार्यक्रमको लक्ष्य पुरा नभएपनि यसले गाउँका महिलाहरूमा ‘केही गर्न सकिने’ भावना भने जगाएको छ । ते¥हथुम, सुनसरी, धनुषा, नुवाकोट, नवलपरासी, पर्वत, दाङ्ग, प्युठान, वैतडी र डडेल्धुरामा सञ्चालित मेडेपका कार्यक्रमहरु त्यसका उदाहरण हुन सक्छन । ति जिल्लाहरुमा तयार भएका झ्ण्डै ७ हजार लघु व्यवसायीमध्ये आधा जति महिला रहेका छन् ।
गैर सरकारी क्षेत्रमा खोलिएका साना व्यवसायीहरूलाई सेवा दिने संस्थाहरूमध्ये प्राय सबैले महिला उद्यमीहरूलाइ तालिम, परामर्श र बजार खोजीदिने काम गर्दै आएको बताएका छन । व्यवसाय विकास केन्द्र (सिबड) विजपोर्ट÷लोटस होल्डिङस्, विजिनेट, व्यवसाय परामर्श समूह, साना उद्योग विकास केन्द्र, प्राविधिक तथा व्यवस्थापन केन्द्र, मानुषी आर्टस् एण्ड क्र्याफ्ट्स् र नेपाल महिला उद्यमी संघ (विन) यस क्षेत्रका चर्चित सस्थाहरु हुन ।तर अहिले सम्म उद्योग व्यवसायमा आएका महिलाहरु मध्येको ठुलो सख्या तालिम तथा परामर्श सेवा पाउनबाट बञ्चित रहेको सन्द्रभमा यस्ता सस्थाहरु शहर वरपर मात्र केन्द्रित भएको वा उनीहरुको तालिम व्यवाहारमा प्रभावकारी नभएको अनुमान गर्न सकिन्छ ।
समाजमा केहि नभएको प्रचार गरिए पनि उद्योग÷व्यापार र व्यवसायमा महिलाहरुको यो प्रवेशले नेपाली समाज चुपचाप नबसेको देखाउछ । शिक्षा, आर्थिक अवसर, साहस भएकाहरु मध्ये धेरै जसो त हिजै देखि केहि न केहि गरेरै वसेका थिए । तर, प्रजातन्त्रले आफुसंगै ल्याएका महिला सशक्तीकरण, लैङ्गिक तथा जातीय समानता, तथा प्रतिस्पर्धी भावनाले आज सम्पती, नभएकालाइ पनि ‘म पनि केहि गछृु’ भन्ने भावना जगाइ दिएको छ ।
संगै सामाजिक अभियान, लघु उद्यम, ऋण, सहकारी जस्ता कार्यक्रमले महिलामा उद्यमशीलता वढाउनमा विशेष भुमिका खेलेको छ । यस्ता कार्यक्रमहरूले महिलाहरुमा रहेको सीप विकास गर्ने काम मात्र गरेन, उनीहरूलाई व्यवसाय शुरु गर्ने आत्मविश्वास पनि दियो ।
विगतमा रक्सि व्यापार गरेर गुजारा गर्ने महिलाहरु अहिले नामी उद्योगी हुनुको अर्थ पैसा कमाउन मात्र होइन इज्ज्त कमाउन पनि काम गर्नु पर्छ भन्ने भावनाको प्रतिविम्ब हो । बट्टेडाडा, प्युठानकी येनुका मगर यसको उदाहरण हुन । अहिले उनी जिल्लाकै महिला उद्यमीहरूमा ‘रोल मोडल’ बनेकी छिन् । दुई वर्ष अघि रु. ८ हजारको ऋणबाट एक घार मौरी किनेर मौरी पालन शुरु गरेकी येनुका अहिले वार्षिक रु १ लाख भन्दा बढी नाफा कमाउन थालेकी छिन् । रक्सी भट्टि छाडेर उनी मौरी पालन व्यवसायमा आएकी थिइन ।
परिश्रम, आट र हिम्मतका सामु शिक्षाले मात्र कुनै अवरोध ल्याउन सक्दैन । लेखपढ गर्न नजान्ने गृहिणीको श्रम सदुपयोगको एउटा ज्वलन्त नमूना हो– नेपाल गृहिणी उद्योग । २०३२ सालदेखि सञ्चालित यस उद्योगले बेरोजगारलाई तालिम दिने, रोजगारी दिने, उत्पादन बजारको व्यवस्था गरिदिने काम गर्दै आएको छ । सुरुमा चारजना टुहुरा महिलालाई लिएर ५० हजारको लगानीबाट उद्योग सुरु गरेकी थिइन्, इन्दिरा सापकोटाले ।
साना नानीको सुरुवाल, टोपी, स्वीटर, मोजाको सेटदेखि नवजात शिशु र आमाका लागि चाहिने प्रारम्भिक न्याना कपडा उत्पादन गर्ने उनीहरुले भर्खरै मात्र नयाँ उत्पादनस्वरूप नवजात शिशुको न्वारानका लागि आवश्यक पर्ने सम्पूर्ण कपडाका सेट पनि तयार गर्न थालेका छन । यस्तै ज्वानाको पाउडर, मेथीको कफी पनि हालसालै बजारमा आएको छ । स्वीटर बुनाइ, कपडा सिलाइ, पापड, धूप, अचार, चक, तितौरा र गुन्द्रुक आदि उत्पादन हुन्छ नेपाल गृहिणी उद्योगबाट । ६५ वर्षीय सापकोटाका उत्पादनहरु द्वारिका, अन्नपूर्ण होटलका साथै ब्लूवर्ड, नवदुर्गा, भाटभटेनीजस्ता डिपार्टमेन्टल स्टोरमा समेत उपलब्ध छन् ।
समस्यै समस्या
केन्द्रिय तथ्यांक विभागका अनुसार सन् २००१ मा नेपालको कुल जनसंख्या ३ करोड ३२ लाख आँकिएको मा १ करोड १६ लाख ३० हजार जनसंख्या महिलाको छ । यसमध्ये पनि २० देखी ५५ वर्षसम्मको उमेरलाई कामकाजी वा कमाउ उमेर मान्ने हो भने यो उमेर समुहका महिलाको संख्या ८० लाख ६ हजार छ । जुन सख्या यसै उमेर समुहका ८१ लाख ३० हजार पुरुषहरूको तुलनामा अलिकतिमात्र थोरै हो उमेरले योग्य झ्ण्डै एक करोड मध्ये उद्योग व्यवसायमा असाध्य थोरै महिलाहरुको मात्र सहभागिता हुनमा शिक्षा र आत्मविश्वासको अभाव, सिप तालिमको कमी संगै प्रमुख कुरा लगानीको समस्या नै हो ।
त्यस अर्थमा समस्यै समस्यासंग जुध्नु पर्ने वाध्यताका कारण हुन सक्छ महिलाहरु हतपत्र यो क्षेत्रमा हात हाल्न चाहादैनन । पैतृक सम्पतीमा महिलाहरूको हक नहुने मात्र होइन, ब्यांकबाट ऋण लिन बाबु वा पतिको सनाखत समेत आवश्यक पर्ने कानुनी व्यवस्थाले कुनै महिलालाइ स्वतन्त्ररुपमा व्यवसाय गर्ने निर्णय गर्न असक्षम बनाउछ । कुनै व्यवसाय शूरु गर्न उसले लोग्ने वा छोराको अनुमती लिनु पर्छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष बासुदेव गिरी भन्छन्, “सम्पत्ती माथीको अधिकार नहुँदा एउटा उद्यमी पुरुषको तुलनामा महिला उद्यमीले धेरै समस्या बेहोर्नु परेका उदाहरणहरु छन ।” अर्को तर्फ ठूल–ठुला उद्यमीहरूले बाणीज्य बैँकहरूबाट १०–११ प्रतिशत व्याजमा ऋणहरू पाउँछन् भने साना उद्यमीहरू यो सुविधाबाट बञ्चित छन् । सामान्यतया महिलाहरुका नाममा धितो नहुने र विना धितो बाणिज्य बैङ्कहरुले नपत्याउने कारण महिलाहरु यो समस्या भोग्न वाध्य छन । उनीहरूकालागी ‘आज खुल्ने भोली बन्द हुने’ वित्तिय सहकारी सस्थाहरुनै सहयोगी साबित भएका छन् ।
सहकारीबाट पाईने १६ प्रतिशत भन्दा माथीको व्याजमा लिएको ऋणनै उनीहरुको लगानी हो । अहिलेसम्म ठूला र साना उद्योगकालागी एउटै ऐन भएकोमा महासंघले घरेलु तथा साना उद्योगीकालागी सहुलियत दिने छुट्टै कानुनको माग गरीरहेको छ । सामुदायिक कार्यक्रममा आ आफनो संगठन मार्फत सानो सख्यामा ऋण पाउनु अर्कै कुरा हो, नत्र बिना धितो २/३ लाख ऋण लिएर कुनै उद्योग गछृु भन्ने महिलालाइ ऋण दिने सस्था सरकारी र नीजि स्तरमा छैनन ।
सरकारले रुग्ण उद्योगकालागी भनेर चालु वर्षमा छुट्टाएको रु.२ अर्ब मध्ये कत्ति पनि रकम साना उद्योगीलाइ त छुटयाइएन भने महिला उद्यमीहरूले सहयोग पाउने कुरै भएन । पर्यटनमा आएको ¥हासलाइ कारण देखाएर त्यसको ठूलो हिस्सा होटलहरूका लागी खर्चियो । महासंघका अध्यक्ष गिरी भन्छन्, “साना उद्योगहरू रुग्ण नै हुदैँनन् जस्तो गरेर होटलमा पैसा खर्चियो । हाम्रो क्षेत्रलाई कुनै किसिमको सहयोग नै भएन ।”
ठूल–ठुला व्यापारीक लगानीमा आएको ¥हासबाट पार पाउन पछिल्ला दिनमा नेपालका अधिकांश वाणिज्य बैंकहरू ‘रिटेल बैँकिग’ (घर, शिक्षा, मोटर किन्न दिइने ऋण) गरेर व्यक्तिको आवश्यकता पुरा गर्नमा मात्रै सिमित छन । कुनै पनि बैँकले महिलाकै लागी वा उनिहरूको उद्यमशिलताको विकासकालागी प्रभावशाली कार्यक्रम बनाएका छैनन् । रु ७५ लाखसम्म कर्जा प्रवाह गर्ने यस्ता बैङ्कहरुले जागिरे पेशामा रहेका महिला वा दम्पतीलाई पत्याएर गुन लगाए पनि उद्योग खोल्न चाहाने एउटी महिला उद्योगी लाइ यसले कुनै फाइदा हुदैन ।
विगतमा वाणिज्य बैँक तथा कृषि विकास बैँक मार्फत प्राथमिकता क्षेत्र, साना किसान विकास आदी जस्ता कार्यक्रमहरू आएका भएपनि यी कार्यक्रमहरू कुनै महिला विशेषका लागी नभएर समग्रकालागी थियो । सरकार अन्तर्गतबाट चलेको महिला विकास कार्यक्रम वा प्लान नेपाल जस्ता गैरसरकारी संस्थाबाट चलेका कार्यक्रमहरू महिलामा केन्द्रित भएपनि आय आर्जनकालागी सामुहिक लगानीमा हुने यी कार्यक्रमहरू सामुहिक निर्णयका आधारमा सञ्चालन हुने हुदा एउटी स्वतन्त्र महिलाको आत्मविश्वास वढाउन पर्याप्त छैनन । समग्रमा घरेलु तथा साना उद्योग महासंघ महिला उप समितिका सभापती लता प्याकु¥यालले भनेझ्ै उद्योग व्यवसायमा महिलाहरु आउनै गा¥हो, आइसकेका पछि टिक्न झ्न गाह्रो छ ।”
शुन्य गाउँमा जागरण
कुल गार्हस्थ उत्पादन (जीडीपी) का लागि सबैभन्दा महत्वपुर्ण योगदान दिने कृषि क्षेत्रमा महिला सहभागीता ठूलो छ । त्यसमाथी विगत ७ वर्ष यता चलेको माओवादी हिंसाका कारण पश्चिम, मध्यपश्चिम तथा सुदूरपश्चिमका अधिकांश पहाडि क्षेत्रबाट तन्नेरी पुरुषहरूको पलायनले त्यहाँको समग्र कृषिको जिम्मा महिलाको काँधमा पर्न गएको छ । महिला उद्यमशिलता वृदि भइरहेको अवस्थामा ग्रामिण अर्थतन्त्र थेग्न पनि महिलाको प्रमुख भुमिका रहेको देखाउँछ ।
महिला उद्यमशिलता बढावा गर्न सकिएमा भारत तिर रोजगार खोज्न गएर शुन्य प्रायः भएको पहाडि वा ग्रामिण भेगमा पुन आर्थिक क्रियाकलाप जागृत हुने सम्भावना मेडेपका प्युठान जिल्ला कार्यक्रम प्रबन्धक प्रदिम्नराज पन्त व्यक्त गर्छन् । पन्त भन्छन्, “नेपालका जंगलहरूमा लाखौँको संख्यामा भएका चिउरीको रुखबाट साबुन बनाउँदा प्रयोगमा आउने टेलो निकाल्न सकिएमा मात्र कम्तिमा ११ करोडौँ रुपैया विदेशीनबाट जोगिन्थ्यो ।” किन ?
जस्तो सुकै पारीवारीक पृष्ठभुमी भएपनि उद्यमशिलताका लागि सानो प्रयासमा महिलाहरुलाइ घर वाहिर निकाल्न सकिने रहेछ भन्ने उदाहरण मिथीला क्षेत्रले देखाएको छ । घर वाहिरको काममा बन्देज प्रायः को पृष्ठभुमी बोकेको जनकपुर वरपरका उद्यमी महिलाहरू आफ्नो सफलता पछि परिवार तथा समाजमा इज्जत बढेको बताउँछन् । केही गैरसरकारी संस्थाहरूको सक्रियतामा घरको भित्तामा सिमीत रहेको ‘मिथीला आर्ट’ कागज वा क्यानभासमा उत्रेर देश विदेश पुगेपछि त्यहाको सामाजिक मान्यता बदलिएको छ ।
अब आएर मैथिल समाजका थुप्रै महिलाहरु मिथीला आर्ट तथा वाँस, काठका कलाकृति लगायत स्थानिय बजारमा विक्रि हुने टिका, धुप, पापड, आदीको उत्पादनमा लागेका छन् । टीका व्यवसायमा लागेकी गीता झ र पापडको उत्पादनमा संलग्न सुशिला यादब प्रत्येकले वर्ष ६० हजार भन्दा बढी आम्दानी गर्छन ।
मेडेप अन्तगर्त सञ्चालित कायृक्रमहरुमा पनि महिला र पुरुषको प्रगति दाज्दा महिलाहरू अगाडी देखीएका थिए । केही गर्ने आटँ, आम्दानीको लोभ तथा आफै मालिक हुने सपनामा महिलाहरु उद्योग व्यवसायमा आएका छन । तलब तोक्ने कुरामा महिलाहरू पुरुषको तुलनामा कन्जुस देखिएका छन तर समयमै तलव दिनमा भने उनीहरू पुरुषहरुको तुलनामा व्यवस्थित देखिन्छन । समग्रमा काम प्रतिको निरन्तर प्रतिवद्धताले उनीहरुलाइ बढी सफल बनाएको देखिन्छ ।
महिला उद्यमीहरू खासगरी ढाका तथा सुति कपडा, खाद्य वस्तु उत्पादन तथा प्रशोधन, ब्याम्बो क्राफ्ट्स, जुटका सामान, कागज, खेलौना–पुतली तथा सजावटका सामान, तकिया–सिरक–सोफाका खोल, पश्मिना, कार्पेट तथा यसमा प्रयोग हुने उनी धागो, स्वेटर, राडि पाखी, लगायतका वस्तु उत्पादनमा बढी सक्रिय छन् । यसबाहेक शहर आसपासका कतिपय महिलाहरू बेतबाँस तथा फलामका फर्निचर तथा स्क्रिन प्रिण्टिङ्गको काममा पनि सक्रिय छन् । कार्पेटमा प्रयोग हुने सम्पुर्ण उनि धागो महिलाहरुले नै आपुर्ती गराउँछन् भन्दा फरक पर्दैन । त्यस्तै खाद्य वस्तु उत्पादन तथा प्रशोधनका काममा पनि अधिकांश महिलाहरू नै संलग्न छन् ।
तर प्रतिस्पर्धात्मक बजारमा टिक्नु पर्ने यस्तो क्षेत्रमा लागेका महिलाहरु मध्ये थारैले मात्र तालिम तथा जानकारी पाएका छन । स्वीस कन्ट्याक्ट साना उद्योग प्रवद्र्धन योजनाले मार्च २००२ मा गरेको अध्ययनअनुसार अधिकांश महिला उद्यमीहरूलाइ बजार व्यवस्थापन, व्यावसायिक जानकारी, डिजाइन परामर्श व्यवस्था, कला, लेखा तथा आर्थिक योजनासम्बन्धी सेवामा थप तालिम वा जानकारी आवश्यक रहेको निष्कर्ष निकालेको थियो ।
तालिम पाएका महिलाहरुको आत्मविश्वास नै अर्कै हुन्छ भन्ने उदाहरण एलएन केमिकल इण्डष्ट्रिज प्रा.लि. बानेश्वरकी व्यवस्थापिका नानु राजभण्डारी छिन । डिटर्जेन्ट झोल साबुन उत्पादन गर्ने नानु भन्छिन, “पहिले मलाई लेखा राख्न र आर्थिक योजना बनाउन मेरो लेखापालमाथि भर पर्नुपथ्र्यो । तर, अहिले म चालु पुँजीको अनुमान गर्न र आर्थिक योजनाको पुनर्विचार गर्न सक्षम छु ।”
सुलोचना शाह
शिक्षिका, रोनाष्टको गणितज्ञ, गैरसरकारी संस्थाको जागीर पछि व्यवसायमा लागेकी थिइन् सुलोचना शाह । च्याउ खेतीबाट शुरु भएको उनको व्यवसायिक यात्रा अहिले लोट्स होल्डिङ्गको अध्यक्ष पदसम्म आइ पुगेको छ । अहिलेका थोरै सफल महिला उद्यमी/व्यवसायीको सुचिमा माथि नै पर्छ उनको नाम । रुग्ण कम्पनीहरूलाइ कार्यकुशलता र व्यवसायिकताका लागि तालिम दिएर मात्र पुग्दैन भनेर संगै राखेर काम सिकाउन खोलिएको सस्था हो लोट्स होल्डिङ ।
हस्तकलाका उत्पादन र सुचना प्रविधिसंग सम्बन्धित सेवा गरेर दुइ क्षेत्रमा काम गर्छ यो सस्थाले । अब आएर नयाँ उद्यमी विकास गर्ने, व्यवसायिकता सिकाउने, र सामाजिक दायित्व बोध गराउने क्षेत्रमा काम गर्न लोट्स होल्डिङ अन्तगत बनेको अर्को सस्था ‘बीचपोर्ट’ ले काम शुरु गरेको छ । २ लाख ऋणबाट शुरु भएको सुलोचनाको व्यवसायिक कारोबार अहिले बार्षिक ६–७ करोड पुगेको । सम्पतीको स्रोतमा महिलाहरूको पहुचलाइ जोड दिन्छिन उनी ।भन्छिन्, “सम्पतिमा अधिकार भए पहिलेदेखी धेरै महिलाहरू उद्यमशीलतामा आउथे ।”
अंशुमाला शाही
व्यापारमा रुची भएकै कारण विहेपछि ‘ग्लामरस’ सिने जगत छाडेर अंशुमाला शाही घारायसी अचार तथा खाजाको व्यापारमा लागेकी छिन् । ‘अंशु फुड् प्रडक्ट्स’बाट उत्पादीत यी वस्तुहरू काठमाण्डौका प्रायः सबै ‘डिपार्टमेण्ट स्टोर्स’ र ठूला खाद्यान्य स्टोरहरूमा पाइन्छन । सोया, पिनट्स, प्राउनका स्नाक्सहरू, खुर्सानी, करेला आदीका अचारहरू ‘अंशु’ ब्राण्डमा पाइन्छन् । महिनाको झ्ण्डै १ लाखको व्यापार गर्दै आएकी शाही भन्छिन्, “बजारको माग यति धेरै छ कि मैले उत्पादन बढाउन सकेँ भने व्यवसाय बढाउन नसकिने कुरै छैन ।
मधुमेहका विरामीहरूकालागी करेलाको अचार, ‘हार्मोन’को समस्या भएकाहरूलाइ सोयाविन उमालेर बनाइएको किनिमा पिरो खानेहरूलाइ रातो खुसार्नीको अचार उनका उत्पादनहरू हुन । रातो खुसानीको अचारको नाम पनि यसको स्वाद अनुसारकै छ, ‘सुसाइडल’ ।उनका कुनै पनि उत्पादनहरू रगांइएका हुदैनन । आफ्नो जिवनशैलीमा आएको परिवर्तन अथ्र्याउँदै शाही भन्छिन्, “अहिले मेरो सृजनशिलता यति धेरै बढेको छ कि एउटा रेसिपी तयार पार्दा नपार्दै अर्को रेसिपी दिमागमा आइसकेको हुन्छ ।”
विजयलक्ष्मी लिबी
१२ वर्ष अघि १० हजारको लगानीमा शुरु गरेको हर्बल टी (जडिबुटी चिया) को व्यवसायबाट सुर्यविनायककी विजयलक्ष्मी लिबीलाइ अहिले खर्च कटाएर वार्षिक अढाई लाख भन्दा बढी आम्दानी हुन्छ । कुखुरापालन व्यवसाय छाडेर ‘हर्बल टी’ उत्पादनमा लागेकी विजयलक्ष्मीलाई शुरु शुरुमा आफ्ना चिया बेच्न सानो हम्मे परेको थिएन । पित्त, अमिलो पानीकालागी अतुल चिया, रुघा खोकीकालागी कफ टि, वाथ तथा युरीक एसिडकालागी भाता टी, महुमेहकालागी एण्टि डायबेटिक टी तथा खाना रुचाउने मिन टी आदी लिबीका प्रमुख उत्पादनहरू हुन ।
निम, सुठो, पिप्ला, अरारी, चाब, जमरा, तुलसी आदी जडिबुटीबाट बन्ने यि चिया अहिले जर्मनी, जापान, सिंगापुर तथा अमेरीका आदी मुलुकमा निर्यात पनि हुने गर्छ । भन्छिन्, “आफ्नो ध्यान चियाको गुणस्तरमा लाउनु परेकाले निर्यातको जिम्मा अर्कै कम्पनीलाई दिएकी छु ।” अहिले उनी वार्षिक १ टन चिया उत्पादन गर्छिन् ।
सबिता ढुंगाना
१२ वर्ष अघि टेकुका दुईवटा कोठाबाट शुरु भएको ‘आकर्षण’ अहिले राजधानीको लोकप्रिय फर्निचर पसलको रुपमा स्थापित भएको छ । आर्कषणकी मालिक सविता ढुङ्गाना भन्छिन, “केटाकेटी हुर्कीसकेका हुनाले खाली समयको सदुपयोग गर्न चाहन्थे । त्यही क्रममै म फर्निचर व्यापारमा लाँगे ।”
जोखिम लिन डरलाग्दा लाग्दै पनि सबिताले १ लाख ऋण लिएर तीन जना कामदारका साथ फर्निचर व्यवसाय शुरु गरेर आजको अवस्थामा आइ पुगेकी हुन । ढुङ्गाना भन्छिन्, “त्यो समयमा नेपालमा फलामे फर्निचर सम्बन्धी सोचाइ नै थिएन । मेलैनै भित्राएकी हु ।”
ज्ञानी शोभा तुलाधर
राजधानीको पहिरन जगतमा परिचित नाम हो, ज्ञानीशोभा तुलाधर र उनको नमुना सिलाइ । काठमाडौमा सिलाइ प्रशिक्षणलाइ व्यवसायिक रुपमा लैजाने पहिलो महिला हुन्, उनी । ३२ वर्ष अघि खिचापोखरीमा एउटा मशिन राखेर उनले शुरु गरेको सिलाइ प्रशिक्षण अहिले राजधानीमा स्थापित छ । ‘नमुना सिलाइ’ र ‘नमुना इन्स्टिच्युट अफ टेक्नोलोजी’ गरी दुइटा सिलाइ प्रशिक्षण केन्द« छन । उनको बुटिक ‘भेषभुषा’ र ‘नमुना शोरुम’ महिलाहरू माझ् लोकप्रिय छन् ।
६ महिना अघिदेखि उनले नेपालकै पहिलो फेसन डिजाइनिङ्ग कलेज पनि खोलेकी छिन् । १९ वर्षको उमेरमा उनले सिलाइ प्रशिक्षण शुरु गर्दा यो पनि व्यवसाय हुनसक्छ भन्ने कसैलाइ विश्वासै थिएन । भन्छिन्, “त्यतिखेर, यो दर्जी, अनपढ र तल्लो जातको गर्ने काम थियो । अहिले यो इज्जतिलो र फाइदाजनक व्यवसाय बनेको छ । पढेलेखेका महिलाहरू पनि यसमा लागेका छन् ।”मेहनत, लगनशीलता र निरन्तरता नै आफ्नो सफलताको कारण बताउने तुलाधर हरेक काममा यी कुराको आवश्यकता पर्ने वताउछिन ।
मीरा भट्टराई
महिला उद्यमी उत्पादक नै बनेकी छिन, काठमाडौँकी मीरा भट्टराई् । केहि सहयोगी सहित उनले सन् १९८४ मा खोलेको हस्तकला उत्पादक संघमा अहिले २१ वटा विषयको दक्षता भएका १ हजार भन्दा बढी महिला उद्यमीहरू छन् । तालिम दिने, बजार व्यवस्थापन गरिदिने कतिको त उत्पादननै किनी दिने काम पनि गर्छिन मीरा ।
हस्तकला उत्पादक संघको वार्षिक कारोबार ४ करोड भन्दा बढीको छ । देश भरिका महिला उद्यमीहरूलाइ एउटै छातामुनी ल्याएर उनीहरूलाइ हस्तकला व्यवसाय प्रति विश्वास वढाउने काम गरेकी छिन मिराले ।हस्तकलामा आधारीत गैरसरकारी संस्थाहरू संलग्न रहेको फेयर ट्रेड ग्रुप नेपाल पनि मिराकै सक्रियतामा स्थापना भएको हो । कोट ?
मनु केसी
शिक्षण पेशाको न्युन पारिश्रमीकले धान्न नसके पछि २०४२ सालमा पश्मिना उद्योगमा लागेकी मनु केसीलाइ शुरुमा निक्कै असफलता हात लाग्यो । त्यस पछि ५–७ वर्षको ‘कार्पेट विजनेश’ न नाफा न घाटाको अवस्थामा रह्यो । तीन वर्ष यता पुनः पश्मिना व्यवसायको लहर आएपछि केसीले पश्मिना उद्योगलाई निरन्तरता दिइन । उनलाई अधिल्लो असफलताको शिक्षाले साथ दियो । बजारको अध्ययन पछि मात्रै उनले यस क्षेत्रमा हात हालिन् ।
अहिले उनको पश्मिना दक्षिण कोरीया, जापान, बेलायत र अमेरिका निर्यात हुन्छ । प्रत्यक्ष र अप्रत्यक्ष गरी अहिले उनको उद्योगमा ६० कामदारहरू छन् । १७ वर्ष अधि पश्मिना व्यापारको असफलतामा एक–डेढ लाख गुमाएकी केसीको २०५८ सालको कारोबार १ करोड भन्दा बढी थियो । साँढे चार लाख ऋण लिएर उद्यम शुरु गरेकी केसी भन्छिन्, “सफलता असफलता आ–आफ्नो ठाउँमा छ, तर निराश भने कहिल्यै भइएन ।”
रोजी तुलाधर
आफैमा असफल कार्पेट उद्योगकी एक सफल महिला व्यवसायी हुन रोजी तुलाधर । नेपाली कार्पेट उद्योग खस्कदो अवस्थामा पुग्दा ९ वर्ष अधि यो व्यवसाय सम्हाल्न पुगेकी थिइन, रोजीले । अंग्रेजी साहित्यमा स्नाकोत्तर गरेकी रोजी हाल ‘लोट्स नट्स’ नामक कार्पेट उद्योगकी। प्रवन्ध निर्देशक हुन् ।
उनको उद्योगमा अधिकांश कामदारहरू महिला नै छन् । भन्छिन्, “कम्पनीमा काम दिएर केही महिलाहरूलाइ आर्थिक रुपबाट सबल बनाउने काम गरेकी छु । मेरो उपलब्धी भनेकै त्यहि हो ” वार्षिक रु १ करोडको कारोबार गर्ने रोजी आफ्ना उत्पादनहरू अमेरीका, जर्मनी इटाली फ्रान्स निर्यात गर्छिन् ।
अन्जना ताम्राकार
नेपाली कागजका थरिथरिका आर्कषक उत्पादनहरू बजारमा ल्याउने ‘क्रिएटिभ विमेन क्राफ्ट’ की प्रबन्धक–निर्देशक अन्जना ताम्राकारले ५ वर्षअघि आफ्नै पति, भाइ र माइतीसँग ४ लाख रुपैयाँ ऋण लिएर व्यवसाय सुरु गरेकी थिइन् । उनको उद्योगले गत वर्ष १२ लाख रुपैयाँको कारोबार गरेको थियो । अहिले उनीसँग १० लाखभन्दा बढीको भौतिक पूर्वाधार र व्यवसाय गर्नलाई आवश्यक चालुपुँजी छ ।
उनको बुझइमा व्यवसाय सुरु नगरेको भए जागिरे जिन्दगी हुन सक्थ्यो तर अहिले सफल उद्यमीका रूपमा सबैले चिन्छन् र परिवारमा समेत प्रतिष्ठा बढेको छ । तर उद्योग शुरु गर्न ऋण नपाएको पीडा अहिले पनि विर्सिएकी छैनन । भन्छिन, “वित्तीय संस्थाबाट ऋण लिएर काम गर्न धेरै प्रयास गरेँ । धितो राख्नका लागि मेरो नाममा सम्पती थिएन । त्यसैले ऋण पाउन सकिनँ । आवश्यक रकम जुटाउन भाइलाई साझेदार बनाउनु प¥यो ।”
पुष्पा शर्मा
जमलेश्वर इन्स्टिच्युटबाट १५ दिनको बेकरी तालिम लिएर डेढ वर्ष अधिदेखि धापासीकी पुष्पा शर्माले आफ्नो घरमा कुकिज उद्योग शुरु गरेकी छिन । उनका कुकिजहरू अहिले राजधानीका नाम चलेका डिपार्टमेन्ट स्टोरहरूबाट विक्री हुन थालेका छन । ‘होम मेड कुकिज’ ब्रान्डमा ५ प्रकारका कुकिजहरू बजारमा ल्याउने शर्मा भन्छिन, “कुकिङ्गमा रुची थियो, घरमै पनि नया परिकारहरू बनाइरहन्थे ।
पढाइ सकियो अनि छोरा पनि हुर्किएकोले फुसर्दको समय सदुपयोग गर्न म व्यवसायमा लागेकी हुँ ।” ५० हजारको लगानीमा शुरु भएको उनको व्यवसायको वार्षिक कारोबार अहिले २ लाख पुगेको छ । शुरुमा आफ्नो उत्पादनको बजार खोज्न पुष्पालाइ निकै गा¥हो प¥यो । भन्छिन्, “स्तरीय कच्चा पदार्थहरूको प्रयोग भएकोले मेरो कुकिजहरू गुणस्तरका हिसाबले बजारमा भएकाहरू भन्दा दोब्बर मंहगा पनि छन् । मंहगा र नया भएकाले बेच्न सजिलो हुदोरहेनछ ।”
कविता महत
आफ्नो गरगहना बेचेर १० वर्ष अघि भोजनको प्रबन्ध (क्याटेरिङ्ग) व्यवसाय शुरु गरेकी कविता महत अहिले काठमाडौमा नाम चलेकी व्यवसायी भएकी छिन । स्नातक तह पास गरेकी कविता विवाहपछि चुलो चौकोमै सिमित रहन चाहिनन् । एउटा सरकारी आयोगमा जागीर खाइन् तर एक वर्षमा आयोग नै खारेज भयो । त्यस पछि आफ्नै व्यवसाय शुरु गर्ने विचारले उनले खोलेको श्री ओम ‘क्याटेरिङ्ग एण्ड टेण्ट सर्भिस’बाट अहिले वार्षिक रु २५ लाखको कारोवार हुन्छ । भन्छिन्, “वर्षको ५–६ लाख त नाफा हुन्छ ।”
साना व्यवसाय प्रबद्धन केन्द«बाट लिएको तालिमले उनलाइ काम थाल्न सजिलो बनाइदियो । कुनै बेला किन यस्तो काममा लागेकी भनेर कराउने आफन्तहरूनै अहिले उनको व्यवसायमा पार्टनर बन्न खोजिरहेका छन । भन्छिन्, “आत्मविश्वास र जाँगर भए महिलाले पनि काम गरेर देखाउन सक्छन् ।” आफ्नै घरमा क्याटेरिङ्ग सन्चालन गरिरहेकी महत अब भाडमा जग्गा लिएर व्यवसाय वढाउने सुरमा छिन्
लक्की, डिक्की र निक्की
१० वर्ष अगाडि पोखरा आउँदा लक्की डिक्की र निक्की कार्की तीन दिदी बहिनीलाई यस्तो पेशामा लागिएला भन्ने सोचाइनै थिएन । पोखराले उनीहरूको मन वदलिदियो रमाइलो र आनन्द मान्दै लागे पर्यटन व्यवसायमा । २–४ लाख लगानी गरेर थ्री सिस्टर ट्रेकिङ एजेन्सी खोले । विदेशी पाहुनाहरूका लागि उत्कृष्ट मानिने अन्नपूर्ण आधार शिविर वरपरको रोमाञ्चक पदयात्राको पथ प्रर्दशक पेशाले उनीहरूलाइ पैसा र ख्याती दुवै दिएको छ ।
पर्यटन व्यवसायमा मन्दी आएता पनि यसको आकर्षणमा कमी आएको छैन, निक्की भन्छिन्, “अब अन्नपूर्णा बेसक्याम्प मात्रै होइन चीनको स्वसासित क्षेत्र तिब्बतदेखि मानसरोवरसम्म हाम्रो सेवा पु¥याउने योजनामा छौँ ।” उनीहरूको अनुभवमा महिलाहरू भएर पनि पथ प्रर्दशक पेशामा लागेको भनेर संकोच मान्ने समाजले अहिले आएर यो पोशाको सम्मान गर्न थालेको छ । भन्छन, “यो हाम्रो सफलता हो ।”
डा. प्रभा/नविना प्रधान
वनस्पति विभागको उपसचिव पदबाट २०४२ सालमा स्वेच्छिक अवकाश लिँदा ‘ट्याक्सोनोमी’मा विद्यावारिधि गरेकी डा प्रभा प्रधानलाई ‘किन यति छिटो’ भन्नेहरू प्रसस्त थिए । जागिर छाडेर उनले नर्सरी व्यवसाय थालीन । १७ वर्षमा उनको व्यवसाय बोटानिकल नर्सरी बाट फस्टाएर बोटानिकल इन्टरप्राइजेज भएको छ । उनी फूलका विरुवाहरू हल्याण्डमा निर्यात गर्छिन । प्रभा भन्छिन्, “मैले गोदावरीमा नर्सरी खोल्दा यसवारे कसैलाइ चासो नै थिएन ।” अहिले वनस्पती विज्ञानकी एमएस्सी उनकी बुहारी नविनाले सासुले थालेको फूल व्यवसायलाइ निरन्तरता दिइराखेकी छिन् ।
हाल उनीहरूको कम्पनी कृतिम पोखरीमा राखिने झरहरू (अक्वाटिक प्लान्ट) र सुनगाभाको टिस्यु कल्चर हल्याण्ड निर्यात गर्छ । लहरे पिपल, काब्रो र आलुको टिस्यु कल्चरको काम हुने बोटानिकल इन्टरप्राइजेज निजी क्षेत्रमा टिस्यु कल्चर गरेर विदेश निर्यात गर्ने एकमात्र कम्पनी हो जसले वार्षिक ६०–७० लाखको कारोबार गर्छ । नविना भन्छिन्, “६ वर्ष अधि हाम्रो टिस्यु कल्चर ल्याब बिग्रदाँ निकै घाटा सहनुपरेको थियो । परिवारमा सबैले बन्द ग¥यौ भनेका थिए । संयोगवश हामी तीन महिनामै व्यवसाय सपार्न सफल भयौ ।”
कुञ्जना मिश्र
२० वर्ष नेपाल ब्यांक लिमीटेडमा काम गरेर स्वेच्छिक अवकाश लिएपछि कुन्जना मिश्रले ‘कुन्ज आर्टिस्टिक बिडक्राफ्ट’ शुरु गरेकी थिइन् । विदेशीका लागि नेपाली पोतेका डिजाइन तयार गर्ने काम गर्छिन उनी । ५० हजारको लगानीमा शुरु भएको उनको व्यवसायमा अहिले वार्षिक २०–२५ लाखको कारोबार हुनेगर्छ । सरकारी जागीर छाडेर एकाएक व्यवसाय गर्छु भन्दा मिश्रलाइ घरपरिवारबाटै विरोध नआएको होइन । भन्छिन्, “तर व्यवसायप्रतिको लगनका कारण मलाइ सहयोग गर्न बाध्य हुनुप¥यो ।” प्रत्यक्ष अप्रत्यक्ष गरेर सय जना जति महिलाहरूलाई रोजगारी दिएकी मिश्रले आफ्नो उद्योग शुरु गर्नु अघि साना उद्योग प्रवद्धन कार्यक्रम (एसआइपीपी) बाट ‘न्यु बिजनेश क्र्रिएसन’ को तालिम लिएकी थिइन् । मिश्र भन्छिन, “मलाइ त्यो तालिमले बजारको बारेमा जान्ने मौका दियो । तालिमकै क्रममा बिदेशमा पोतेको माग छ भन्ने थाहा पाएर यो व्यवसाय शुरु गरेको हो ।” यो समाचार हामीले हिमालखबर पत्रिकाबाट सभार गरेका हौँ ।
Leave a Reply