डोटी जिल्लाको पुर्वीचौकी गाउँपालिकामा एचआईभी संक्रमीतलाई बाख्रा बितरण गरिएको छ । रानी ढुङ्गा लालीगुराँस एकता समाजको आयोजना तथा पुर्विचौकि गाउँपालिका डोटीको आर्थिक सहयोगमा एचआईभी संक्रमितलाई बाख्रा वितरण गरिएको हो ।
पूर्बीचौकी गाउँपालिकाका एचआईभी संक्रमित २ सय भन्दा बढीमध्ये आर्थिक अबस्था कमजोर भएका २१ जनालाई जनही १र१ ओटा बाख्रा बितरण गरिएको गाउँपालिकाले जानकारी दिएको छ । जसमध्ये २ जना विध्यार्थी लाइ एसईई खर्च राहतका लागी जनही५र५ हजार र ३ जनालाई उपचार खर्च बाफत १०/१० हजार बितरण गरिएको पूर्बीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभएको छ ।
पूर्बीचौकी गाउँपालिकामा आयोजित बाख्रा वितरण कार्यक्रममा बोल्दै पूर्बीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले एचआईभी संक्रमितको आर्थिक अवस्थामा सुधार गर्ने उद्देश्य राखेर वितरण गरिएको र आगामि वर्ष मा वाकि रहेका संक्रमित लाइ सहयोग गाउपलिका ले सहयोग गर्ने र वितरण गरिएका बाख्रा व्यावसायिक रुपमा पाल्न आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष निर्मला साउदले भन्नुभयो ‘म पनि वाख्रा पालन गरेर जिविकोपार्जन गर्थे र पो आज यो स्थानसम्म पुगेको हु । ’ यसैगरी एच.आइ.भी पिडित मध्ये न्युन आर्थिक स्थित भएका लाइ आर्थिक स्थिती मा सुधार ल्याउन का लागि र व्यावसायिक रुपमा अगाडि बढाउने उद्देश्यले बाख्रा वितरण गरेका हौ ।
रानी ढुङ्गा लालीगुराँस एकता समाजकी अध्यक्ष जगु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटी रहनु भएको थियो भने बिशिष्ट अतिथि उपाध्यक्ष निर्मला साउद रहनु भएको कार्यक्रम मा स्थानिय जनप्रतिनिधि पत्रकार लगायतको उपस्थिति रहनु भएको थियो ।
Leave a Reply