डोटी ५ साउन । जिल्ला कारागारका कैदी तथा बन्दीलाई एक महिने विभिन्न सीपमूलक तालिम प्रदान गरिएको छ ।
घरेलु तथा साना उद्योग विकास समितिले कैदी तथा बन्दीको आयस्रोत बढाउन बाँसका मुडा बनाउने, जुत्ता सिलाउने, डोरी बनाउनेजस्ता तालीम दिइएको कारागार प्रशासन प्रमुख राजन केसीले बताए ।
उहाँले कैदीबन्दीले सीप सिकुन र रोजगार बनुन् भन्ने उद्देश्यले घरेलु तथा साना उद्योग विकास समितिको सहयोगमा हामीले तालिम दिएको र तालिम लिएपछि कैदीबन्दीले सिकेको सीप प्रयोगमा ल्याउने बताए ।
कारागारका १२ कैदीबन्दीलाई एक महीने जुत्ता सिलाउने तालिम पनि प्रदान गरिएको थियो । तालीम समापनका अवसरमा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले कैदीबन्दीको क्षमता वृद्धि तथा आयस्तर वृद्धिका लागि तालिम फलदायी हुने बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विद्यानन्द माझीले कैदीबन्दीले सिकेको सीपलाई व्यावसायिक रूपमा प्रयोगमा ल्याउन सके उपलब्धिमूलक हुने बताए ।
सीप सिक्ने कुरा कुनै जाति विशेष र धर्म विशेषको नभई सबैको लागि महत्त्वपूर्ण रहेको दिपायल सिलगढी नगरपालिकाकी प्रमुख मञ्जु मलासिले सुझाव दिँदै आगामी दिन सीपमूलक तालिम सञ्चालनमा सहयोग गरिने जानकारी दिनुभयो ।
Leave a Reply