झापा ३१ साउन : झापाको बिर्तामोडस्थित सडक पेटीमा घरायसी प्रयोजनमा प्रयोग हुने ढुङ्गाको सिलौटो बनाउँदै युवाहरु । मसलाजन्य सामग्री पिध्न लागि मिक्चर लगायत आधुनिक उपकरणहरु आएपनि परम्परागत ढुङ्गाका लोहोरो र सिलौटो प्रयोग अहिले पनि उस्तै छ ।
आधुनिक उपकरणमा पिनिएका मसलाभन्दा परम्परागत ढुङ्गाका सिलौटामा लोहोरोले पिधेको मसला बढी स्वादिलो हुने भएकाले अहिले पनि मानिसहरु लोहोरो र सिलौटो प्रयोग गर्दै आएका छन् ।
सिलौटो र लोहोरोको व्यापारसँगै युवाहरुलाई भने रोजगारी मिलेको छ । पौरख र मेहनत भयो भने ढुङ्गालाई पनि पैसा बनाउन सकिन्छ भन्ने उदाहरण यी ढुङ्गा कुँद्धै गरेका युवाहरुले पेश गरेका छन् ।
तस्बिरः सुरेन्द्र भण्डारी
Leave a Reply