कैलारी गाउँपालिकाले बाड्यो ४० जनालाई न्यानो कपडा

समतापोष्ट
  २४ पुष २०७७, शुक्रबार ०८:५२

धनगढी २४ पुस  : कैलारी गाउँपालिकाले ४० जना जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ । गाउँपालिकाको महिला तथा बालबालिका शाखाले ब्ल्याङकेट वितरण गरेको हो ।

२७ जना जेष्ठ नागरिक र १३ जना पूर्ण र अतिअसक्त अपाङ्गता भएका व्यक्तिलाई न्यानो ब्ल्याङकेट वितरण गरिएको महिला तथा बालबालिका शाखा प्रमुख बालकुमारी चौधरीले बताईन् ।

गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले गाउँपालिकाबाट सम्पूर्ण जेष्ठ नागरिक र अपाङ्गता भएका  व्यक्तिलाई न्यानो कपडा वितरण गर्न नसके पनि नीति तथा कार्यक्रम अन्र्तगत सबै वडा कार्यालय मार्फत सबै जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा र कम्बल वितरण गर्ने बताए ।

न्यानो कपडा वितरण कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष भिखराम चौधरी र वडा नं.५ का वडा अध्यक्ष विष्णु प्रसाद चौधरीले मन्तब्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *