धनगढी २४ पुस : कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयमै चुनाव हुने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै आगामी वैशाख १७ र २७ गते प्रतिनिधि सभाको चुनाव हुने बताए । ‘प्रतिनिधि सभाको चुनाव हुन्छ, तपाईहरु ढुक्क हुनुहोस’, उनले भने । ‘बरु, खराब व्यक्तिहरुलाई तलबाटै ठेगान लगाउनुहोस । उनीहरु माथि गए भने हामीहरुलाई दुःख दिन्छन् ।’
उनले ताजा जनादेशमा जनाका लागि प्रतिनिधि सभा विघाटन गरिएकाले अब चुनावबाटै प्रतिनिधि सभा आउने उल्लेख गरे । ‘प्रतिनिधि सभा अब चुनावबाटमात्रै आउँछ’, प्रधानमन्त्रीले भन्नुभयो । ‘विघटन भएको प्रतिनिधि सभा पुनस्र्थापना हुँदैन ।’
Leave a Reply