वाशिङटन : अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तत्काल कार्यालय छाड्न आग्रह गरेकी छन्। ट्रम्पले स्वेच्छाले नछाडेमा संसदले कारबाही गर्ने चेतावनी पनि उनले दिएकी छन्।
उनले ५० वर्षअघि राष्ट्रपति रिचार्ड निक्सनलाई कसरी संसदले राजीनामा दिन बाध्य पारेको थियो भन्ने उदाहरण पनि दिएकी छन्।
‘आज राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ठीक त्यसैगरी खतरनाक राष्ट्रद्रोहको काम गरेका छन्,’ उनले भनेकी छन्। पेलोसीले निक्सनको उदाहरण अनुसरण गर्दै ट्रम्पलाई कार्यालयबाट बाहिरिन आग्रह गर्न पनि रिपब्लिकन सिनेट सदस्यलाई आग्रह गरेकी छन्।
उनले बुधबार भएको हिसामा मृत्यु भएका संसदका प्रहरी अधिकारी ब्रायन डी सिकनिकका दोषीलाई कारबाही गर्ने प्रतिबद्धता पनि जनाएकी छन्।
Leave a Reply