धनगढी, १ माघ : नेपाल एक बहुजाती,बहुभाषिक,बहुसांस्कृतिक मुलुक हो । विभिन्न आदिबासी जात,जातीमध्ये थारु पनि आफ्नो रहन सहन,भेषभुषा भएको आफ्नो भिन्दै रितीरिवाज,संस्कृति भएको एक समुदाय हो ।
बिशेष गरी थारु समुदायको मेचीदेखी महाकालीसम्म बसोबास रहेको छ । थारु समुदायको आफनै किसिमको चाडपर्वहरु छन् । जसमध्ये माघी पर्व थारुहरुको सबैभन्दा ठूलो चाड एक हो ।
माघी पर्व हरेक बर्ष पौष महिनाको अन्तिम दिन सुंगुर,बंगुर,हास,कुखुरा घरघरमा काटेर जाड र मासु खाने चलन छ । राती गाउको मूख्य मान्छे भल्मन्सा,महतो चीराकीको घरमा गाउमा एक,एक मान्छेहरु जम्मा भई जागाराम बसी रमाईलो गरिन्छ ।
बिहान कुखुरा बासी नसक्दै राती ४ बजे सबै गाउका मान्छेहरु शुद्ध बग्ने नदीहरुमा स्नान गरी घरको ठूलोबडा मान्यजनहरुबाट चामलको सेतो टिका लगाई आर्शिबाद लिने र गाउभरीका ठूलाबडाहरुलाई ढोक गरी आर्शिबाद लिने चलन छ । मान्यजनबाट आर्शिबाद लिई आफनो घरमा निस्राउ लिने चलन छ ।
त्यो निस्राउ आ–आफनो चेलीबेटीहरुलाई भेटघाट गरी कोसेलीको रुपमा दिने गर्दछन् ।
दिउसोबाट दिनभर केटाहरुको समूह बनाई घरघरमा भब्यताका साथ नाचगान,खानपिनगरी रमाईलो गर्छन् । थारुहरु यस माघी पर्वलाई नया बर्षको रुपमा मनाउने गर्छन् । किन भने गाउका प्रत्येक योजनाहरु तर्जुमा गर्छन् ।
नया भल्मन्सा,महतो,चौकीदार चुन्ने चलनका साथ गाउमा नया योजनाहरु निर्माण गरी बर्षभरी यसैका आधारमा कामहरुको सुची बनाईन्छ । यो कार्यक्रम माघ १ गतेसम्म गाउका सबै मानिसहरु जम्मा भई बखेरीमा ब्यापक रुपमा छलफल गरी माघी पर्वलाई बिदाई गरिन्छ ।
चौधरी जिल्ला अस्पताल डोटीमा कार्यरत स्वास्थ्यकर्मी हुन्
Leave a Reply