नाम्लोले किचिएको रहर

समतापोष्ट
  २ माघ २०७७, शुक्रबार २०:२३

काठमाडौं २८ साउन । भारी बोकेर हिँड्दा होस् या फुर्सदका बेला साथीहरूसँग टहलिँदा, नरबहादुर थामीको आँखा ठोकिइरहन्छ टुँडिखेलस्थित सैनिक मञ्चमा । वास्तै नगरी हिडूँ भने पनि कुनै न कुनै बेला आँखा गइहाल्छ । मञ्चतिर पस्ने गेटमा अदबका साथ उभिइरहेका सैनिक देखेर उनको मनमा कता–कता इष्र्या लाग्छ ।

कहिलेकाहीँ मञ्चमा सैनिक कवाज चलिरहेको हुन्छ । त्यसबेला उनी एकैछिन अडिएर हेर्छन् र मन अमिलो पार्छन् । किशोरकालमा उनले पनि सपना देखेका थिए, सैनिक बन्ने । तर, त्यो सपनामै सीमित रह्यो, वास्तविकता नाम्लोमा झुण्डियो । दोलखा सुन्द्रावती ४ का थामी २५ वर्षभन्दा अघिदेखि राजधानीमा भारी बोकिरहेका छन् । उनको जिन्दगी पनि त त्यही भारीले बोकिरहेको छ । जिन्दगानी डटकमबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *