धनगढी : फाया नेपालले धनगढी उपमहानगरपालिकाको ६ वटा वडामा ३ सय घरधुरीलाई राहत सामाग्री वितरण गरेको छ । वडा नं. १४ देखी वडा नं.१९ सम्म ६ वडामा प्रति वडा ५० का दरले राहात सामाग्री वितरण गरेको फाया नेपालले जनाएको छ ।
युनिलिभरको आर्थिक सहयोगमा अक्सफामसंगको साझेदारीमा फाया नेपालद्धारा संचालित स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजना अन्तर्गत प्रति घरधुरीलाई एक सेट व्ल्यांकेट र ४ लिटरको एक थान इलेक्टोनिक कितली वितरण गरेको हो । वडा कार्यालयको समन्वयमा एकल महिला, अनाथ बालबालिका, दिर्घरोगी, अपांगता भएका व्यक्तिहरुलाई राहत सामाग्री वितरण गरिएको बताइएको छ ।
Leave a Reply