धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको प्रमुख शहर धनगढीमा धेरै संख्यामा ब्यूटी पार्लर संचालनमा आई रहेका छन् ।
दिनप्रति दिन बढ्दो जीवनशैलीका कारण महिलाहरुमा अनुहार मेन्टेन गरी सुन्दरी हुने मोह बढेपछि ब्यूटी पार्लर ब्यवसाय बढेको हो ।
धनगढीको क्याम्पस रोडदेखी चटकपुरसम्मको बजार क्षेत्रमा दर्जनौको संख्यामा पार्लर ब्यवसाय संचालनमा आएको छ ।
दैनिक धेरैको सख्यामा पार्लरमा जानेहरुको भिड लाग्ने गरेको छ । यो ब्यवसायबाट दैनिक राम्रो आम्दानी हुने गरेको पार्लर संचालकहरु बताउछन् ।
Leave a Reply